जनप्रतिनिधि र शिक्षकका छोराछोरी सामुदायिक स्कुलमा भर्ना गर्नुपर्ने प्रस्ताव पारित

चितवन माघ ११ : खैरहनी नगरपालिकाको छैटौ नगर सभा शनिवार सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रुपमा लिईने नगर सभाले संसोधन आर्थिक विद्येयक र संसोधित विनियोजन विद्येयकसहित विभिन्न ८ वटा निर्णय पारित गरेको छ ।  

नगर प्रमुख लालमणी चौधरीको अध्यक्षतामा भएको नगर सभामा नगरसभा सदस्य सचिव एवंम् प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले संसोधित विद्येयक सभामा पेश गरेका थिए ।  

नगर सभामा नगर प्रमुख लालमणी चौधरीले सार्वजनिक महत्वका विषयमा रहेको भुकम्प पीडितहरुको गुनासो संवोधनका लागि धेरै छुट भएकाले छुट भएकाहरुको गुनासो संवोधन गर्न सम्वन्धित निकायमा अनुरोध गर्ने तथा जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षकहरुलाई आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न अभिप्रेरित गर्न प्रस्ताव पेश गरिएकोमा सर्वसम्मतीले पारित भएको थियो ।  

नगर सभाले चालु आर्थिक वर्षको वजेट संसोधन गरेर ९० करोड ७४ लाख ७१ हजार रुपैया पुर्याएको छ । गत असारको नगर सभाले ८० करोड ६० लाख ५१ हजार बरावरको वजेट पारित गरेको थियो । छैटौँ नगर सभाले ८ करोड १४ लाख १९ हजार रुपैया बरावरको वजेट वृद्धि गरेको हो ।

संरक्षित वन रोयल्टी वापतको १७ लाख ३५ हजार, नगद मौज्दात बढेर ८ करोड ५४ लाख पुग्दा चालू आर्थिक वर्षको वजेट ९० करोड पुगेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । अवैध उत्खनन वापत प्राप्त हुने राजस्व यसअघि वजेटमा समावेश नगरिएकोमा यस नगर सभाले बजेटमा राखेको छ ।  

नगर सभाले वडा तर्फ योजना संसोधन गरेर ४१ र शाखागत तर्फ संसोधन गरेर १३ वटा योजना कायम गरेको छ ।  

नगर सभामा विभिन्न ८ वटा विषयत समितिहरुको प्रगति प्रतिवेदन समेत पेश भएको थियो । न्यायिक समितिको तर्फबाट उपप्रमुख समेत रहेकी न्यायिक समिति संयोजक सुनिता थपलिया, लेखा समितिको तर्फबाट संयोजक टिकाराम तिमल्सीना,विद्येयक समितिको तर्फबाट संयोजक देववहादुर वस्नेत, आर्थिक विकास समितिको तर्फबाट संयोजक कारीराम चौधरी, वातावरण तथा विपद व्यवस्थापन समितिको तर्फबाट संयोजक भूमि प्रसाद कडेंल, सार्वजनिक सेवा तथा क्षमता विकास समितिको तर्फबाट संयोजक टिकादत्त इटनी, सामाजिक विकास समितिको तर्फबाट संयोजक मनेजर महतो र पूर्वाधार विकास समितिको तर्फबाट संयोजक होमकुमार पुनले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी