काठमाडौं । सरकारले तत्काल स्थानीय तहमा कर्मचारी समायोजन गर्न नसकिने स्पष्ट पारेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रदेश तहको संगठन संरचना समेत तयार भएपछि मात्रै स्थानीय तहमा पनि कर्मचारी समायोजन गर्न सकिने प्रष्टिकरण दिएका हुन् । उनले कर्मचारी समायोजनको कामलाई सरकारले उच्च प्राथमिकताकासाथ अघि बढाएको पनि जानकारी दिए ।
शुक्रबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बस्नेतले प्रदेश सभा निर्वाचन सम्पन्न नभई कर्मचारी समायोजनको कामलाई अघि बढाउन कठिनाई भएको पनि बताए ।
‘समायोजनमा जाने कर्मचारीहरुको वृत्ति विकासलाई प्रतिकूल असर हुन नदिन सरकार सचेत छ तर, तत्काल स्थानीय तहमा समायोजन सम्भव छैन ।’मन्त्री बस्नेतको भनाई छ ।
उनले कर्मचारी समायोजनसम्बन्धी ऐनमा उनीहरुको वृत्ति विकासमा प्रतिकूल असर पार्ने कुनै पनि ऐन उल्लेख नगरिएको पनि स्पष्ट पारेका छन् । सरकारले समायोजनमा जाने कर्मचारीको मनोबल उच्च बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दै आएको छ । बैठकमा बोल्दै समितिका सदस्यहरुले आदेशको भरमा कर्मचारीलाई सरुवा, बढुवा गर्ने परिपाटी अन्त्य गर्न सरकारलाई सचेत गराएका थिए । उनीहरुले कर्मचारी समायोजनको स्पष्ट मापदण्ड तय गर्न पनि सरकारसँग माग गरेका छन् ।
स्थानीय तहमा कर्मचारी समायोजन गर्न ढिलाई भएकोमा सरकारको आलोचना हुँदै आएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द