जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा

जेठ २४, काठमाडौं : हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी स्ुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । नेतृत्व टुंगो लगाउन विगत डेढ महिनामा पटक पटक आन्तरिक बैठक भए पनि नेताहरु आफ्नो अडानबाट टसमस नभएपछि विवाद सतहमै आउन थालेको हो ।

गत १० वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । पार्टी एकीकरण गरी त्यसको भोलिपल्ट निर्वाचन आयोगलाई जानकारी दिइएको थियो । निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि निवेदन दिएको शनिबार ४५ दिन पुग्दै छ तर पनि हालसम्म एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन । सीमा विवादलगायतका राष्ट्रिय मुद्दामा यो पार्टी मौन बस्दै आएको छ ।

शुक्रबार दुवै पार्टीका शीर्ष नेता छलफलमा बस्दै नेतृत्वको टुंगो लगाउने प्रयास गरे पनि सफल हुन सकेनन् । जसपा नेता महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका शीर्ष नेताहरुले नेतृत्वको टुंगो लगाउने प्रयास जारी राखे पनि उनीहरु असफल हुँदै आएका छन् ।

एकीकृत पार्टीको कार्यकारी अधिकारसहित केन्द्रीय समितिको अध्यक्षमा ठाकुरलाई र संघीय परिषद्को अध्यक्षमा डा. भट्टराईलाई राख्ने भद्र सहमति भए पनि कार्यकारी अधिकारका अन्य नेताले भद्र सहमति तोड्दै भाजो हालिरहेको जसपाका एक नेताले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण