November 21, 2021

जनगणना टोली छाङरु र तिङ्करतर्फ

दार्चुला, मङ्सिर ५ः दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको हो । टोली आइतबार बेलुका वा सोमबार बिहानसम्म कार्यस्थलमा पुग्नेछ ।

छाङरु र तिङ्कर गाउँमा ११५, एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घरपरिवार छन् । छाङरु र तिङ्करको जनगणना गर्न गणकलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरू नेपाली भूमि हुँदै जोखिमपूर्ण बाटो प्रयोग गरेर त्यसतर्फ गएका जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताए ।

नेपाली भूमि हुँदै छाङरु र तिङ्कर गाउँसम्म पुग्न कम्तीमा तीन दिन लाग्छ । भारतीय भूमि हुँदै सडकमार्ग प्रयोग गरेर एकै दिनमा समेत पुग्न सकिने स्थानीयवासी बताउँछन् । सजिलो बाटो र छिटो पुगिने भन्दै नेपालले भारतसँग बाटो प्रयोग गर्न अनुमति मागेको थियो । तर, भारतीय प्रशासनले अनुमति नदिएपछि नेपाली टोली जोखिम मोलेरै नेपाली बाटो हुँदै त्यसतर्फ गएको हो । जनगणनाको पहिलो चरणमा घरपरिवार सूचीकरण गर्न भने नेपाली टोली भारतीय भूमि हुँदै छाङरु र तिङ्कर पुगेको थियो ।

पाण्डेले भन्नुभयो, ‘‘गणक राजेन्द्र कार्की, सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर खलङ्गाबाट छाङरु र तिङ्करको जनगणना गर्न प्रस्थान गरेका हुन् । खलङ्गादेखि व्यास गाउँपालिका–२ दुम्लिङसम्म बाटो ठीक छ, दुम्लिङदेखि छाङरु र तिङ्करसम्म घर, पसल र मानव आवातजावत छैन ।’’ दुम्लिङभन्दा माथि जान सक्छन् कि सक्दैनन्, अहिले नै भन्न सकिन्न तर सुरक्षाकर्मीसँगको समन्वयमा छाङरु र तिङ्कर पुग्ने मनोबलसाथ खलङ्गाबाट टोली प्रस्थान गरेको उनले बताए ।

नेपालतर्फ जोखिमपूर्ण बाटो भएका कारण व्यासको वडा नम्बर १ का स्थानीयवासी भारतीय बाटो प्रयोग गर्दै दार्चुला सदरमुकाम खलङ्गासम्म आवतजावत गर्दै आएका छन् । तर, जनगणनाका लागि गणकलाई छाङरु र तिङ्कर जान भने भारतले बाटो नदिएको हो ।
जनगणना गर्न छाङरु र तिङ्करसम्म जाने बाटो प्रयोग अनुमतिका लागि तीन पटक पत्राचार गरे पनि अनुमति नपाएको दार्चुला प्रशासनले जनाएको छ । देशभरि कात्तिक २५ गतेदेखि गणक जनगणनाका लागि सबै वडामा खटिएका थिए । छाङरु र तिङ्कर जान भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले भारतलाई औपचारिक र अनौपचारिक अनुरोध गरिए पनि अनुमति नपाएको नेपाली अधिकारीहरूले जनाएका छन् ।

कात्तिक २५ गते माथिल्लो क्षेत्रमा पहिरो गएर बाटो बिग्रेको छ, केही दिनपछि अनुमति दिउँला भनेर अल्झाएको भारतीय प्रशासनले पछिल्लो समय भारतकै केन्द्र सरकारबाट गणकलाई जान दिने नीति छैन भन्ने निर्देशन आएको र बाटोसमेत राम्रो नभएकाले तत्काल अनुमति दिन नसकिने जवाफ दिएको जनगणना कार्यालय दार्चुलाले जनाएको छ ।

व्यासको वडा नम्बर १ बाहेक दार्चुलाका ६० वडामा शुक्रबारसम्म ८० प्रतिशत जनगणनाको काम सकिएको जनगणना अधिकारी पाण्डेले बताए। अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा जिल्लाबाट भौतिक रूपमा जनगणना गर्न नसकिने उनले बताए । केन्द्रबाट वैकल्पिक विधि प्रयोग गरेर जनगणना गर्ने कुरा सुन्नमा आएको बताउँदै उहाँले भौतिक उपस्थितिमा जनगणना गर्न सकिने अवस्था नरहेको जानकारी दिए । गाेरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी