जनगणनाको काम दोस्रो चरणमा प्रवेश

काठमाडौँ, असोज २६ गते । राष्ट्रिय जनगणना २०७८ को काम दोस्रो चरणमा प्रवेश गरेको छ । गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले घर तथा घरपरिवारको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी कात्तिक ४ र ५ गते नयाँ जिल्ला जनगणना अधिकारी र सहायक जनगणना अधिकारीको अनलाइन तालिम सञ्चालन हुने, कात्तिक ६ देखि ९ सम्म नयाँ स्थानीय जनगणना अधिकारीलाई मुख्य प्रश्नावलीको जानकारी दिने, कात्तिक १० गते गणक तालिममा प्रशिक्षण गर्ने मुख्य प्रशिक्षक र छानिएका सुपरिवेक्षकबीच छलफल गर्ने कार्यतालिका निर्माण गरिएको छ ।
त्यस्तै, कात्तिक ९ देखि ११ गते गणकको नियुक्ति गर्ने, कात्तिक १३ देखि १६ गतेसम्म गणकलाई तालिम प्रदान गर्ने र आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मुख्य गणना कार्य गर्ने कार्यतालिका निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “पहिलो चरणको घर तथा घरपरिवार कार्य सम्पन्न भएसँगै सो घर तथा घरपरिवारका आधारमा अब जनगणनाको मुख्य गणना कार्य हुन्छ, यससँगै जनगणना कार्य दोस्रो चरणमा प्रवेश गरेको छ ।”
पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको र जिल्लाबाट तथ्याङ्क सङ्कलनका क्रममा रहेको विभागले जनाएको छ ।
अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने मुख्य गणनामा भने एक जना व्यक्तिले कतिवटा बैङ्कमा खाता खोलिएका छन् ? खाता नखोलिएका व्यक्तिको सङ्ख्या कति छ ? बैङ्कबाट ऋण लिएका र व्यवसायका लागि तालिम लिएका व्यक्ति कति जना छन् ? भन्ने यस वर्षको जनगणनामा नयाँ प्रश्नावली थप गरिएको छ । राष्ट्रिय जनगणना २०७८ का लागि देशभर ८७ वटा प्रदेश तथा जिल्ला जनगणना र ३४९ वटा स्थानीय कार्यालय सञ्चालन आएका छन् । यस पटकको जनगणनाको नारा ‘मेरो गणाना मेरो सहभागिता भन्ने तय’ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा