जनकपुरमा एमाले नेतालाई मोर्चाका कार्यकर्ताले गरे रामधुलाई

bamdev-Gautamमहेन्द्रनगर (धनुषा), ११ फागुन । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा रेडियो जनकपुर ९७ मेगाहर्जका अध्यक्ष शीतल साहमाथि जनकपुरमा मधेसी मोर्चाका कार्यकर्ताले बुधबार आक्रमण गरी घाइते बनाएका छन् । पत्रकारलाई मोटरसाइकलमा जाँदै गर्दा पछाडि तानेर कुटपिट गरिएको प्रत्यक्षदर्शीले जनाएका छन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यसअघि मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरस्थित एमालेका नेता रघुवीर महासेठको घरमा तोडफोड गरेका छन् । आन्दोलनरत मोर्चाका कार्यकर्ताले गरेको ढुङ्गामुढाबाट महासेठको घरको दुई वटा झ्यालको सिसा फुटेको छ । मोर्चाको बन्दका बेला जनकपुरमा आएका एमाले वरिष्ठ नेता वामदेव गौतम मोर्चाको घेराउमा परे । मङ्गलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई आज एमाले नेता रघुवीर महासेठको घरमा बसेका बेला मोर्चाका नेता कार्यकर्ताले घेराउ गरेका छन् । नेता महासेठको घरमा तोडफोड र नेता गौतमलाई घेराउ गरेपछि एमालेका कार्यकर्ताले प्रतिकार गर्दा केहीबेर झडप भएको थियो । झडपमा परी मोर्चाका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा सद्भावना पार्टीका राजु साह र कुलदीप साह रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ । झडपमा एमालेका केही कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलित भएका मधेसी मोर्चाले आज मधेस बन्द गरेको छ । मधेस बन्दका क्रममा जनकपुरमा बिहानैदेखि मोर्चाका नेता कार्यकर्ताले मोटरसाइकलमा र्‍याली प्रदर्शन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात ठप्प बनाएका छन् । यसैबीच मधेसी दल निकट विद्यार्थी मोर्चाले जनकपुरका क्याम्पसमा तालाबन्दी गर्दै स्ववियु चुनाव हुन नदिने घोषणा गरेका छन् । मोर्चाका कार्यकर्ताले नगरका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।