छ हजार ७४२ वटा वडाकै प्रोफाइल निर्माण गरिने

काठमाडौं,चैत २७,राष्ट्रिय जनगणना–२०७८ पछि सबै वडाको प्रोफाइल बन्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले देशका ७५३ स्थानीय तहका छ हजार ७४२ वटा वडाकै प्रोफाइल निर्माण गर्ने गरी प्रश्नावली तयार गरेपछि वडा प्रोफाइलका लागि उपयोगी हुने भएको हो । मुलुक सङ्घीय व्यवस्थामा गइसकेपछि अहिले भएका सबै वडा नयाँ हुन् । वडाको पूर्ण रूपमा वास्तविक विवरणसहितको तथ्याङ्क अभावमा अहिले पनि विकास निर्माण, सेवा प्रवाह, नीति निर्माण र कार्यान्वयनमा असहजता कायम छ ।

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले विभागले सरकारको नीति निर्माणमा थप टेवा पु¥याउन सबै वडाको प्रोफाइल निर्माण हुने गरी प्रश्नावली तयार गरेको बताए । उनले भने, “सम्बन्धित वडाले चाहेकै जस्तो प्रोफाइल निर्माण नभए पनि वडा कार्यालय सञ्चालनका लागि आवश्यक तथ्य र तथ्याङ्क आउनेछ । वडाको प्रोफाइल निर्माण भएपछि आगामी दिनमा वडाले कस्तो नीति र योजना बनाउँदा नागरिकमैत्री बन्नसक्छ भन्ने चित्रण गर्न सकिन्छ ।”

उनका अनुसार आगामी जनगणनाबाट वडाभित्रका जातजाति, धर्म, सेवा प्रवाह, राज्यले प्रदान गर्ने सुविधाको पहँुच, स्पष्ट रूपमा आउनेछ । बस्ती, गाउँ, टोलको सङ्ख्या, वडा कार्यालयबाट टाढा रहेको बस्ती, गाउँ, टोलमा जाने नागरिकले प्रयोग गर्ने साधन, वडामा उत्पादन हुने कृषिजन्य र गैरकृषिजन्य अवस्थाका विवरण आउनेछ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत