छुट्टै दल गठन गर्ने गृहकार्यमा नेपाल समूह

 

काठमाडौं, बैशाख ८ः विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ ।

पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधिपद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले लगाउँदै आएको छ । नेपाल समूह आफैं पार्टी फुटाउने गृहकार्यमा जुटेको आरोप ओली पक्षको छ ।

स्रोतका अनुसार ओलीले नेपाल समूहका नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल समूहले नयाँ दल दर्ता गर्ने गृहकार्य अघि बढाएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता, चुनाव चिह्न के राख्नेबारे आफू निकटका नेतासँग छलफल सुरु गरेको स्रोतको दाबी छ ।

‘पार्टी प्रमुख केपी ओलीले छानीछानी नेपाल समूहका नेतालाई कारबाही गर्न थालेपछि अर्को विकल्पको खोजी सुरु भएको हो । अब नयाँ दल दर्ता गरेर आगामी निर्वाचनमा सहभागी हुनेगरी संगठन निर्माणमा जुटछौं,’ एमाले स्रोतले भन्यो, ‘यदि केपी ओलीले आफ्नो गतिविधिमा सुधार गर्नुभएन भने नयाँ दल दर्ता गराउँछौं ।’

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्ने र उपयुक्त चुनाव चिह्नको खोजी भइरहेको एमाले स्रोतले जनाएको छ । चुनाव चिह्न राख्ने विषयमा नेताले विभिन्न सुझाव दिइरहेका छन् । नयाँ दल दर्ता भए पनि माओवादी केन्द्रसँग पार्टी एकीकरण नहुने तर कार्यगत एकता गरेर अघि बढ्न सकिने सो समूहका नेताले बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र