छाउपडी प्रथाविरुद्धका अभियन्ता नै छाउगोठमा सुत्न बाध्य

साउन ११, सुर्खेत – पञ्चपुरी नगरपालिका बाबियाचौरकी उमकला विक छाउपडी (रजस्वला) बार्ने चलनविरुद्धको अभियानमा सक्रिय भएर लागेकी थिइन् । तर, अहिले छाउ भएका बेला उमकला नै छाउगोठमा सुत्न बाध्य छिन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गाउँका दर्जनौं छाउगोठ भत्काउन नेतृत्व गरेकी उनी परिवार र समाजको दबाब थेग्न नसकेर महिनावारीका बेला छाउगोठमा सुत्न थालेकी हुन् ।

chaugoth_surket-annapurna_naPI7IDzGh

‘अभियानका बेला सबै एकजुट थिए, प्रहरीले पनि साथ दिन्थे’, उनी भन्छिन्, ‘त्यसबेला गाउँका सबै चुप भए, हामीले घर-घरमा पुगेर छाउगोठ भत्कायौं । अहिले अभियान हरायो, एक्लै प्रतिवाद गर्न सक्ने अवस्था छैन ।’ धार्मिक अन्धविश्वासका कारण गाउँलेले फेरि छाउगोठ ठड्याउन थालेको उनी बताउँछिन् । छाउ नबार्दा अनर्थ भएको भन्दै दबाब दिएपछि अहिले आफू पनि महिनावारी हुँदा गोठमा सुत्ने गरेको उनको भनाइ छ ।

उमकला मात्र होइन, जिल्लामा छाउपडी उन्मूलन अभियानको नेतृत्व गरेकाहरू नै अहिले छाउगोठमा जान बाध्य छन् । अभियान कमजोर भएको र छाउ बार्ने पक्षधर बलियो हुँदै गएपछि अभियन्ता नै छाउगोठमा सुत्नुपर्ने अवस्था आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी