दशैमा राजधानीबाहिर जाने यात्रुका लागि यातायात व्यवसायीले आगामी मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने भएका छन् ।
बढी भाडा लिन पाउने र हुटमा यात्रु राख्न पाउने आफ्नो माग सरकारले पूरा गर्ने भएपछि यातायात व्यवसायीले मंगलबारदेखि दशैंको लागि टिकट बुकिङ खुला गर्ने भएका छन् ।
मुलुकभर बर्षाद्को पानीका कारण बिग्रिएका सडक मर्मत गरेर सहज यातायातको व्यवस्था मिलाई सार्वजनिक सवारी साधनका छतमा सामान राख्न दिन सरकार सहमत भएपछि यातायात व्यवसायीले टिकट बुकिङ खुलाउने विषयमा सहमति जनाएका हुन् ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा बस, मिनिबस र माइक्रोमा हुट र छत राख्न नपाइने र राखेमा यातायात इजाजतपत्र छ महिनाका लागि निलम्बन र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यातायात व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागका अधिकारीलाई यही व्यवस्था संशोधन गरी ‘आवश्यक मालसामान राख्ने नाउँमा हुट र छत राख्ने कानुनी व्यवस्था गरिदिन’ बनाएर माग पुरा गरेका छन्।
शनिबार यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायरको उपस्थितिमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघका प्रतिनिधि सहितको बैठकले यस्तो सहमति जुटाएको हो। बैठकमा राजधानीबाट बाहिर जाने प्रमुख नाका मुग्लिङ नारायणगढ सडक खण्डमा २८ गतेबाट चौबिसै घण्टा यातायात सञ्चालन गर्ने सरकारले मिलाउने सहमति पनि भएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।
व्यवसायीले सडकको अवस्था सुधार तथा छतमा सामान राख्न पाउनुपर्ने आफूहरुको माग पुरा नभएसम्म टिकट बुकिङ खुल्ला नगर्ने बताउँदै आएका थिए। यता, पूर्वसहमति पालना नभएपछि यातायात व्यवस्था विभागले शुक्रबार यातायात व्यवसायीका नाममा ८ बुँदे निर्देशन दिएको थियो। विभागले १५ दिन अगाडि टिकट बुकिङको व्यवस्था मिलाउन, सिट संख्या अनुसार यात्रु राख्न, छतमा यात्रुका झोला मात्रै राख्न तथा तोकिएको भाडा दर कायम गरि स्पष्ट उल्लेख भएको टिकट यात्रुलाई दिनुपर्ने लगायत निर्देशन दिदै अग्रिम टिकट बुकिङ नखुलाए कारबाही गर्ने चेतावनी दिएको थियो।
मंगलबारदेखि नयाँ बसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकीलगायतका स्थानबाट बस, मिनिबस र माइक्रोको अग्रिम टिकट बुकिङ खुल्नेछ।
महासचिव सिटौलाले विभागको निर्देशन आफूहरुलाई नआएको भन्दै अनविज्ञता जनाए।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।