‘छक्का पञ्जा–२’ र ‘मेरो पैसा खोइ’ भिड्दै

काठमाडौं । यो वर्ष दसैंको छेको पारेर दुईटा चलचित्र रिलिज हुने भएका छन् । गत वर्षको ब्लकबस्टर चलचित्र ‘छक्का पञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा–२’ र ‘मेरो पैसा खोइ’ दसैंको मेसो पारेर असोज ११ गते (भोली) रिलिज हुन लागेका हुन् । 1097598705chalachitra  

निर्माणको घोषणासँगै रिलिज मिति तय भएको चलचित्र ‘छक्का पञ्जा–२’ सँग भर्खरै मात्रै प्रदर्शन मिति तय गरेको ‘मेरो पैसा खोइ’ भिड्न आइपुगेको हो । 
यी दुबै चलचित्रमा केही समानता छन् । दुबैमा नायिका वर्षा राउत छिन् भने बुद्धि तामाङ पनि दुइटै चलचित्रमा दोहोरिएका छन् । यस्तै यी दुई चलचित्रको अर्को समानता जानरा हो । दुबै चलचित्र कमेडी जनारामा निर्माण भएका छन् । 

‘छक्का पञ्जा–२’ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् भने ‘मेरो पैसा खोइ’ लाई रोज राणाले निर्देशन गरेका हुन् । भारतीय चलचित्र निर्देशक विवेक शर्माले निर्देशन गर्ने भनिएको ‘मेरो पैसा खोइ’ निर्देशन गर्दागर्दै भगेपछि निर्माता राणाले नै यो चलचित्रलाई निर्देशन गरेका हुन् । 

‘मेरो पैसा खोइ’ काठमाडौंमा ११ गते रिलिज भए पनि मोफसलमा भने असोज २० गते मात्रै रिलिज हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको