च्याम्पियन्स लिग : वार्सिलोनामाथी युभेन्टसको शानदार जित

1532785400juventus-vs-barcelona

काठमाडौं । यूएफा च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टसले शानदार जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनामाथी ३ – ० को शानदार जित निकालेको हो ।

घरेलु मैदान बार्सिलोनालाई हराउने क्रममा युभेन्टसका पाउलो डायबाला नायक बने । अर्जे्न्टिनी स्ट्राइकर डायबालाले पहिलो हाफको २२ मिनेटभित्र दुई गोल गर्दै टोलीलाई जित दिलाए । युभेन्टसका लागि अर्को गोल जियोर्जियो चेलिनीले गरे ।

युभेन्टससँग पहिलो लेगमा पराजित भएसँगै बार्सिलोनाको सेमिफाइनल यात्रा कम्जोर बनेको छ । तर, बार्सिलोनालाई दोस्रो लेग घरेलु मैदानमा हुने फाइदा भने छ ।

युभेन्टस स्टेडियममा डायबालाले खेलको ७ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । फितलो डिफेन्स प्रदर्शन गरेको बार्सिलोनाविरुद्ध डायबालाले खेलको २२ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २ – ० को अग्रता दिलाए ।

पहिलो हाफमा २ – ० ले अघि रहेको युभेन्टसका लागि दोस्रो हाफको ५५ औ मिनेटमा चेलिनीले गोल गर्दै घरेलु टोलीलाई ३ – ० को सहज जित दिलाए । चेलिनीको च्याम्पियन्स लिगमा आठ वर्षपछि गोल गरेका हुन् ।

उनले सन् २००९ मा माकाबी हाफियाविरुद्ध गोल गरेयता गोल गर्न सकेका थिएन् । युभेन्टसविरुद्ध बार्सिलोनाका स्टार स्ट्राइकरहरु लियोनल मेस्सी, लुइस स्वरेज र नेयमारले कुनै कमाल देखाउन सकेनन् । उनीहरुको आक्रमण युभेन्टसका चुस्त डिफेन्स र अनुभवी गोल किपर जियानलुइगी बुफोनले विफल बनाए ।

योसँगै इटालियन क्लब युभेन्टसले सन् २०१५ च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाबाट बेहोरेको हारको बदला लिएको छ । उक्त फाइनलमा युभेन्टस बार्सिलोनासँग ३–१ ले पराजित हुदै उपाधिबाट बिमुख भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति