चेल्सी बन्यो प्रिमियर लिग च्याम्पियन

403F2FB500000578-4501326-image-a-68_1494626433391

वैशाख ३० – इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले दुई खेल बाँकी हुँदै उपाधि जितेको हो । चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिम तिर गरेको गोल निर्णयक बन्यो । अवे मैदानमा भएको खेलमा चेल्सी पहिलो हाफमा गोल रहित बराबरीमा रोकियो ।

  बात्सुईको गोल पछि चेल्सीका समर्थक, खेलाडी तथा प्रशिक्षक निकै उत्साहित भएका थिए । प्रिमियर लिगको उपाधि जितेको चेल्सीले अर्को उपाधिको पनि तयारी गरेको छ । चेल्सीले यही मे २७ मा एफए कपको उपाधिका लागि आर्सनलसँग खेल्दै छ । चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक लिगको उपाधि जितेको हो ।

उसले सन् २०१४/१५ को सिजनमा पनि उपाधि जितेको थियो । गएको सिजन खराब प्रदर्शन गरेको चेल्सीले यो सिजन भने सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको थियो । लिगका दुई खेल बाँकी हुँदै उपाधि जितेको चेल्सीको ८७ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको तीन खेल बाँकी हुँदा ७७ अंक छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति