March 5, 2017

चुरोटमा रमाउने अभिनेत्रीहरु !

काठमाडौ । विश्व सिनेमा जगतलाई धुमपान निषेधको अभियान लामो समय देखि चलाईदै आएको छ । हरेक फिल्ममा सुरुमा धुमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने सूचना राखिएको हुन्छ । धुमपान गर्नु हुन्न भन्ने सन्देश दिने नेपाली चलचित्रमा अभिनय गर्ने अभिनेत्रीहरु नै धुमपानमा तल्लिन रहने गर्छन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर यो यथार्थ हो ।

rekha-thapa-smoking1रेखा थापा –यतीबेला राष्ट्रिय प्रजातन्त्रको केन्द्रिय सदस्यको उम्मेदवार बनेकी अभिनेत्री रेखा थापा चुरोटको अम्मली नायिकाको रुपमा परिचित छिन् । चलचित्रको छायाँकनको बेला होस् या अरु थकानको बेला होस् । यस्तो बेलामा रेखाले चुरोटको सर्को तान्दै आफुलाई उनी तनाव मुक्त तुल्याउने गर्छिन ।

शुष्मा कार्की  –sushmaअर्की अभिनेत्री शुष्मा कार्की त दिनमा झण्डै एक बट्टा नै चुरोट पिउने गर्छिन । बेलुका प्राय बियरमा रम्ने यी अभिनेत्रीलाई बियर तथा ह्विस्की पिएको बेला अनिवार्य चुरोट चाहिने गर्दछ । शुष्माको रोजाई सूर्य चुरोट नै हो । तर उनी अरु ब्राण्डको चुरोट पनि पिउने गर्दछिन् ।

माला लिम्बु Mala-Limbu1जतिबेला पनि हातमा चुरोटको बट्टा र लाईटर लिएर हिड्ने अभिनेत्री हुन माला लिम्बु । चलचित्र भन्दा म्युजिक भिडियोमा व्यस्त रहने गरेकी यी अभिनेत्री सार्वजनिक ठाउँमा समेत निशँकोच सिगरेट पिउने गर्दछिन् । दिनमा एक बट्टा चुरोट सिध्याउने यी अभिनेत्री नेपालीसँगै बिदेशी ब्राण्डका चुरोट तान्ने गर्दछिन् । उनी कुनै पनि सभा समारोह तथा मिटिङमा एक घन्टा बसिन भने त्यो बीचमा तीन पटकसम्म चुरोट तान्न सभाबाट बाहिर निक्लने गर्दछिन् । नेपाली चलचित्र उधोगमा माला चेन स्मोकरको रुपमा परिचित छिन् ।

प्रियँका कार्की Priyanka-Karki1आफ्ना साथीहरुसँग बसेको बेला चुरोट तान्ने अर्की नायिका प्रियँका कार्की पनि हुन् । तर शुष्मा कार्की र माला लिम्बु जस्तो प्रियँका चेन स्मोकर हैनन् । मौका मिल्दा उनी चुरोट पिउने गर्छिन । दिनमा ३÷४ खिल्लीसम्म चुरोट तान्ने यी नायिका सार्वजनिक स्थलमा तथा खुला ठाउँमा धुमपान गर्दिनन् । उनी चुरोट तान्नको लागि केही बिशेष क्याफेको बिशेष कक्षमा बस्ने गर्छिन । ताकी आफुले चुरोट तानेको अरुले नदेखोस भन्ने डरले उनी लुकेर चुरोट पिउने गरेको प्रियँकाका नजिकका साथीहरुले बताएका छन् ।

नम्रता श्रेष्ठ –
 
अभिनेत्री नम्रता श्रेष्ठले धुमपान गर्छिन भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर उनी अरु नायिका जस्तो खुलेआम धुमपान गर्दिनन् । आफ्नो क्याफेमा बसेको बेला तथा आफ्ना नजिकका साथीहरुसँगका जमघटमा उनी पनि चुरोट तान्ने गर्छिन । सार्वजनिक ठाउँमा धुमपान गर्दा अरुलाई थाहा हुन्छ भनेर नम्रताले पनि लुकेर धुमपान गर्ने गरेको उनका साथीहरुले बताएका छन् ।

झरना थापा –Jharana-thapa (1)अभिनेत्री झरना थापा चुरोटको अम्बली त हैनन् । तर प्राय क्याफेमा बस्दा उनी हुक्काको धुवाँमा रमाउने गर्छिन । आफ्ना पति सुनिल कुमार थापाकै सामु उनी हुक्का पिउने गर्छिन । यस्तो बेलामा उनलाई पति थापाले पनि हुक्कामा साथ दिन्छन् ।

सुभेच्छा थापा –subechhaसाथीहरुसँग चुरोट तान्ने पछि नपर्ने अभिनेत्रीमा सुभेच्छा थापा पनि पर्छिन । तर उनी चुरोटको अम्बली भने हैनन् । साथीहरुसँगको जमघटमा उनले चुरोट तानेर साथ दिने गरेको उनका निकट चलचित्रकमीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको