चुनाव सरेको भोलिपल्टै भारतीय दूताबास पुगे राजपाका नेता

Madhesi-party-united-9

काठमाडौं, जेठ १६– सरकारले चुनावको नयाँ मिति तय गरेसँगै राजपा नेपालका नेताहरु लैनचौरस्थित भारतीय दूताबासमा छलफलका लागि पुगेका छन् ।
राजपाका नेताहरु भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग छलफलका लागि मंगलबार बिहान लैनचौरस्थित भारतीय दूताबासमा पुगेका हुन् । सोमबार मात्रै मन्त्रिपरिषद्को बैठकले राजपालाई चुनावमा सहभागि गराउने उद्देश्यले जेठ ३१ गतेको स्थानीय तहको चुनाव असार ९ गतेको लागि सार्ने निर्णय गरेको थियो ।

छलफलमा राजपाका नेताहरुले आफूहरुको चाहनाअनुसार चुनावको मिति सारिएको भएपनि अझैं वातावरण बनिनसकेको बताएका थिए ।
तर, भारतीय राजदूत पुरीले मधेसी दलकै चाहनाअनुसार सरकारले चुनावको मिति सारेकाले अब चुनावमा सहभागि भए राम्रो हुने सुझाव दिएका थिए ।
सिंहको भनाई उदृत गर्दै भेटमा सहभागि राजपाका एक नेताले भने, ‘ राजपालाई चुनावमा सहभागि गराउनकै लागि सरकारले असार ९ गते चुनाव सारेको छ। त्यसलाई सदुपयोग गरेर जाँदा नै मधेसी दललाई फाइदा पुग्न सक्छ ।’
सिंहले आफूहरुले सुझाव मात्रै दिएको भन्दै कसरी अघि बढ्ने भन्नेमा सुझबुझपूर्ण निर्णय लिन समेत नेताहरुलाई सुझाएका थिए । राजदूत पुरीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अब बन्ने भनिएको सरकार मोर्चाको माग पूरा गर्न तत्पर जस्तो देखिएको समेत बताएका थिए । ‘भारत मधेसको माग पूरा होस् भन्ने चाहन्छ तर लोकतन्त्रको सुन्दर पक्ष चुनाव भएकाले त्यसमा सहभागि हुँदा राम्रो हुन्छ’, राजदूत पुरीको भनाई उदृत गर्दै ती नेताले भने, ‘ हामीले अरु भन्न मिल्दैन । सुझाव मात्रै दिने हो तर अब पनि चुनावमा नगए सन्देश नराम्रो जानसक्छ ।’

जवाफमा मधेसी नेताहरुले आफूहरु पनि चुनावमा जान तयार रहेको भन्दै मात्रै आफूहरुको माग पूरा हुनुपर्ने मात्रै भनेको बताए ।
मधेसी मोर्चाले संविधान सश्ांोधन हुनुपर्ने, सीमांकन हेरफेर हुनुपर्ने, मधेसमा स्थानीय तहको संख्या बढाइनुपर्ने, चुनाव चिन्ह पाउनु पर्ने लगायतका माग राख्दै आएको छ ।
राजपाका शीर्ष नेताहरु सहभागि बैठकमा राजदूतसँग दूतबासमा एक घण्टाबढी छलफल भएको बताइएको छ । राजदूतसँगको छलफलसँगै अब चुनावमा जाने नजाने बारे छिट्टै राजपाका नेताहरुले बैठक बसेर निर्णय लिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी