May 13, 2017

चुनाव जिते पनि काम गर्न पाउँदैनन् जनप्रतिनिधिहरू

३० वेशाख , काठमाडौं – स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ लिने कानुन अझै बन्न सकेको छैन।  कानुन नबन्दा निर्वाचित जनप्रतिनिधिले तत्काल काम गर्न पाउने छैनन्। आजको गोरखापत्रमा खबर छ ।

निर्वाचित जनप्रतिनिधिहरूले केका आधारमा शपथ ग्रहण गर्ने भन्ने कानुनी आधार अहिलेसम्म तय भएको छैन।  आगामी आइतबार वैशाख ३१ गते प्रदेश नं. ३, ४ र ६ मा गरी ३८१ स्थानीय तह (गाउँपालिका र नगरपालिका) मा निर्वाचन हुँदैछ।  कानुनी अभावमा निर्वाचित जनप्रतिनिधिहरूले गर्ने पहिलो काम शपथ ग्रहणमै समस्या आउने निश्चित छ।

स्थानीय शासन विज्ञ एवम् अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचित भएपछि गरिने पहिलो कामको कानुनी आधार अहिलेसम्म तय नभएको बताए। उनका अनुसार स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेकमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले गर्ने सम्पूर्ण कामको कानुनी प्रक्रिया उल्लेख गरिएको तर उक्त विधयेक अहिले संसदमा विचाराधीन छ।

सरकारले आगामी जेठ ४ गतेसम्मका लागि संसद्को बैठक स्थगन गरिसकेको छ।  ज्ञवालीले भने, ‘वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएपछि जेठ २/३ गतेदेखि परिणाम आउन थाल्छ, त्यसपछि निर्वाचित जनप्रतिनिधिहरूले प्रमाणपत्र पाएपछि पहिलो काम नै शपथ ग्रहण गर्ने हो तर शपथ ग्रहण केका आधारमा गर्ने भन्ने कुनै कानुनी आधार छैन। ’

संसदमा विचाराधीन स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेक ऐनमा रूपान्तरण हुन करिब तीन साता लाग्न सक्ने अनुमान ज्ञवालीको छ।  विधयेक संसद्‌ले राज्य व्यवस्था समितिमा पठाउन सक्छ, त्यसपछि उक्त समितिमा दफावार छलफल हुन्छ, पुनः समितिले पूर्ण बैठकमा विधयेक फिर्ता पठाउँछ र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट स्वीकृत भएपछि ऐन बन्छ।  यो सबै प्रक्रिया पूरा गर्न कम्तीमा तीन साता लाग्छ।

उनले भने, ‘संसद्‍मा भएको विधयेक फास्ट ट्र्याकबाट जारी गर्ने हो भने संसद्‌ले समितिमा नपठाई पारित गरेर सिधै राष्ट्रपतिसमक्ष पठाउन पनि सक्छ तर यो संसद्‌ले निर्णय गर्ने कुरा हो। ’ ज्ञवालीका अनुसार विधयेकमा वडाध्यक्षको काम, कर्तव्य र अधिकारसमेत तोकिएको छ, विधयेक ऐनको रूपमा परिणत नभए वडाध्यक्षले समेत काम गर्न सक्ने आधार छैन।  सरकारले यो कुरा समयमै मनन गर्न नसक्दा स्थानीय तहको निर्वाचन भएपछि पनि कानुनी व्यावहारिक जटिलता आएको उनले बताए।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालले भने ऐनकै अभावमा निर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण नरोकिने दाबी गरेको छ।  मन्त्रालय सङ्घीय मामिला महाशाखाका प्रमुख एवम् सहसचिव डा. हरि पौडेलले संसद्मा विचाराधीन स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेकलाई एकै दिनमा फास्ट ट्र्याकबाट निर्माण गरेर शपथ ग्रहणलगायत कानुनी समस्याको समाधान गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने