चुनाव चिन्ह नदिएको भन्दै नयाँ शक्तिले भोलिबाट आन्दोलन गर्ने

काठमाडौँ, वैशाख १० – नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले आफुहरुलाई दलीय चुनाव चिन्ह नदिएको भन्दै भोलिबाट सरकार विरुद्ध आन्दोलन गर्ने बताएका छन् ।

निर्वाचन आयोगमा दलीय चुनाव चिन्हका विषयमा छलफल गर्न पुगेको भट्टराईले प्रमुख निर्वाचन आयुक्तसँगको छलफलपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

यद्यपी यो आन्दोलन कस्तो हुने भन्ने उनले स्पष्ट गरेनन् । दलीय चुनाव चिन्ह पाउने अधिकारबाट बंचित गरिएको भन्दै नयाँ शक्तिसहितका ६८ दल आन्दोलनमा छन् । उसले यस अघि गत चैत्र २१ गते निर्वाचन आयोग घेराउको कार्यक्रम गरेको थियो । सो क्रममा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईसहितका नेता कार्यकर्तालाई प्रहरीले १२ घण्टा आफ्नो नियन्त्रणमा राखेको थियो ।
baburam-pakrau-1
यसबाहेक नयाँ शक्तिको बैशाख ८ गते सकिएको केन्द्रीय कार्यकारीणी समितिको वैठकले पार्टीको सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको थियो । बैठकले दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा नै सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो ।

त्यस वैठकले पार्टीको सम्पूर्ण शक्ति दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा लगाउने , स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीको प्रतिवद्धतापत्र एक साताभित्र सार्वजनिक गर्ने, नयाँ शक्तिको विचार, सिद्धान्त र ५‘स’को अवधारणामा सहमत हुने शक्तिहरुसँग कार्यगत एकता, निर्वाचनमा तालमेल तथा ध्रुवीकरणका लागि खुल्ला रहने रहने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने