८ माघ, काठमाडौं । संविधान संशोधनबारे आआफ्नो अडानमा रहेका प्रमुख तीन दल आगामी वैशाखभित्र स्थानीय चुनाव गर्न सहमात भएका छन् । र, यो चुनाव स्थानीय तहकै हुनेछ ।
प्रधानमन्त्री प्रचण्डको आहृवानमा बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा आगामी मंसिरभित्र तीनै तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति जुटेको छ । संविधानले माघ ७ को समयसीमा दिएपछि व्यवहारिक रुपमा मंसिरभित्रै तीन वटा चुनाव गर्नु पर्ने तीन दलको निष्कर्ष छ ।
‘तीन वटै चुनाव मंसिरभित्र सहमत गर्न दलहरु सहमत भएका छन्, एमाले उपनेता सुवास नेम्वाङले भने ।
बैठकमा स्थानीय तहकै गर्ने सहमति भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले आगामी वैशाखभित्र चुनाव गर्न सकिने बताएका थिए ।
यसका लागि अबको ३/४ दिनभित्र निर्वाचनसम्वन्धी विधेयक पास गर्ने सहमति भएको छ ।
लगतै सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नेछ । विधेयक पास भएपछि चुनावको मिति घोषणा गर्ने सहमति भएको छ, माओवादी नेता नारायणकाजी श्रेष्ठले भने ।
स्थानीय तहको चुनाव घोषणा गर्नुअघि मधेसी मोर्चासँग सहमति जुटाउन सरकारले सम्वाद गर्नेछ । मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अस्वीकार भएको बताइसकेको छ । र, उसले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने चेतावनी पनि दिँदै आएको छ ।
तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई सहमतिमा ल्याउन राष्ट्रपति चयनका लागि गाउँपालिका र नगरकालिकाका प्रमुख र उपप्रमुखले पनि भोटिङ संवैधानिक व्यवस्था संशोधनको प्रस्ताव राखेका छन् ।
एमाले नेताहरुले भने यसबारे अध्ययन गर्छौं भनेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् ।
बैठकमा संविधान संशोधनबारे भने सत्तारुढ र विपक्षी दलहरु आ आफ्नै अडानमा रहे ।
विपक्षीले एमालेले संशोधन फिर्ता लिन माग गरेपनि सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । यसबारे धेरै छलफल नभएको एमाले संसदीय दलका उपनेता नेम्वाङले बताए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने