चुनाव आउन ५६ दिन बाँकी, के–के भयो आयोगको तयारी

Sthaniya-taha-election काठमाडौं – सरकारले बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन आँउन अब ५६ दिन बाँकी छ । गएको फागुन ९ गते सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरे लगतैदेखि निर्वाचन आयोगले चुनावको तयारी थालेको थियो ।

आयोगले देशभर एकैदिन करिब २१ हजार मतदान केन्द्रमा झण्डै १ करोड ४० लाख मतदाताले एकै मितिमा मतदान गर्ने गरी तयारी थालेको जनाएको छ । ७ सय ४४ स्थानीय तहका ६ हजार ६ सय ८० वडाबाट प्रतिनिधीहरु निर्वाचित हुनेछन् । यो निर्वाचनबाट महानगरपालिकादेखि गाँउपालिकासम्म ३५ हजार जनप्रतिनिधी निर्वाचित हुनेछन् । आयोगमा निर्वाचनका लागि ८१ दल दर्ता भएका छन् । सबैभन्दा धेरै काठमाडौंमा ४७ दल दर्ता छन् भने सबैभन्दा कम मनाङमा ७ दल दर्ता भएको छ ।
निर्वाचनका लागि ५६ दिन बाँकी रहँदा निर्वाचन आयोगले के के गरिरहेको छ त रु

–फागुन १० गते निर्वाचन कार्यतालिका सार्वजनिक, बैशाख ३१ गते देशैभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक, बैशाख १६ देखि ३१ गतेसम्म निर्वाचन कार्यक्रम तय । सरकारलाई १९ बुँदे निर्देशन जारी ।

–फागुन १२ गते निर्वाचनलाई, निष्पक्ष, विश्वसनीयि र धाँधलीरहीत बनाँउन देशका ४ वटै सुरक्षा निकायका प्रमुखसँग छलफल । सुरक्षा जोखिम, जनशक्ति, सुरक्षा बन्दोबस्ति, सुरक्षा दिनुपर्ने व्यक्ति र स्थान लगायतका विषयमा छलफल ।

–गृहमन्त्रालयलाई शान्ति सुरक्षा कायम गराउनका लागि ४ बुँदे अनुरोध पत्र पठायो ।

–सोही दिन विदेशी कुटनीतिक नियोगका व्यक्तित्वसँग छलफल ग¥यो ।

–फागुन १५ गते स्थानीय तह निर्वाचनका लागि फागुन १८ गतेभित्र आयोगमा दल दर्ता गरिसक्न सूचना प्रकाशन ।

–फागुन १७ गते आयोगको बैठकले निर्वाचन आचार संहिता लागू गर्ने निर्णय ग¥यो । सरकार, सरकारका मन्त्री, राजनीतिक दल, सरकारी कार्यालय, नीजि तथा गैह्रसरकारी संस्थाहरुलाई फागुन १८ गतेदेखि, निर्वाचनका उम्मेद्धवारहरुलाई बैशाख १६ गतेदेखि आचार संहिता लागू गर्ने निर्णय ।

–फागुन १८ गते निर्वाचन आचारसंहिता पालनाबारे सरकारका मन्त्रीहरु तथा सचिवहरुसँग आयोगमा छुट्टाछुट्टै छलफल ।

–फागुन २२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका काम तथा राजनीतिक कामका लागि हेलिकोप्टर प्रयोग गर्दा आयोगसँग अनुमति लिएर मात्र प्रयोग गर्न निर्देशन दियो ।

यस्तै सरकारका मन्त्रीहरुलाई पनि जिल्लामा हुने राजनीतिक कामका लागि सरकारी गाडि प्रयोग गर्दा आयोगको स्वीकृती लिन निर्देशन दियो ।

आयोगले यतिबेला निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापनका लागि काम गरिरहेको छ । मतपत्र, मतपेटिका लगायतका आवश्यक सामग्री तयारीका लागि तयारी गरिरहेको आयोगले जनाएको छ ।

निर्वाचन प्रयोजनका लागि झन्डै ३० हजार मतपेटिका आवश्यक पर्ने भन्दै खरिदका लागि टेन्डर आवह्वान समेत गरिएको छ भने डेढ करोड मतपत्र जनकशिक्षा सामग्री केन्द्रमा छाप्ने तयारी समेत गरेको छ ।

–फागुन २८ गते निर्वाचनमा भाग लिने उम्मेदवारहरुले निर्वाचन प्रचार प्रसार लगायतका निर्वाचन कार्यमा गर्न पाउने खर्चको हद निर्धारण ग¥यो ।

–चैत ३ गतेभित्र स्थानीय तहमा कर्मचारी पठाइसक्न सरकारलाई निर्देशन दियो । जसअनुसार सरकारले बिहिबार ४ सय ८१ गाँउपालिकामा कार्यकारी अधिकृतलाई खटाएको छ ।

साथै आयोगले स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीलाई कुनै पनि तालिममा नखटाँउन पनि निर्देशन दिएको छ ।

–चैत १ गते मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि ३० जना प्रशिक्षकलाई २ दिने प्रशिक्षण तालिम शुरु ग¥यो ।

यस्तै आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने दलहरुको संसोधन सहितको अन्तिम सुचि प्रकाशन गरेको छ ।

अत्याधुनिक मतदाता परिचय पत्रElection-Commission-Nepal-144x76

आयोगले यसबर्षको स्थानीय तहको निर्वाचनदेखि सुरक्षा प्रणालीयुक्त मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । दोश्रो पक्षले डुप्लिकेट बनाँउन नसक्ने, परिचयपत्रमा आँखाले नदेखिने किसिमका सुरक्षा कोडहरु राख्ने तयारी भएको छ । आयोगका अनुसार झन्डै १ करोड ५० मतदाताका लागि परिचय पत्र छाप्न बापत झन्डै १४ करोड लाग्ने अनुमान गरिएको छ । यसअघि भएको दोश्रो संविधान सभाको निर्वाचनमा भने सादा कागजमा परिचयपत्र प्रकाशन गरिएको थियो । आयोगले केन्द्रीय कार्यालय परिसरमै परिचय पत्र छपाई गर्ने तयारी थालेको छ ।

जनशिक्षामा केन्द्रमा मतपत्र छपाई गर्ने

निर्वाचन आयोगले शनिवारदेखि जनकशिक्षा सामग्री केन्द्रमा मतपत्र छपाईको काम अघि बढाउने भएको छ । आयोगले जिल्लामा दर्ता भएका राजनीतिक दलहरुको आधारमा मतपत्र छपाई गर्न लागेको हो । मतपत्रमा समावेश हुने चुनाव चिन्हको क्रमबारे पनि आयोसगले टुङ्गो लगाइसकेको छ । आयोगले चैत ४ गते राजनीतिक दलहरुले पाउने चुनाव चिन्हको विवरण सार्वजनिक गरिसकेको छ ।

अघिल्लो संविधानसभाको निर्वाचनमा सबैभन्दा धेरै समानुपातिक भोट ल्याँउने राजनीतिक दलको चुनाव चिन्ह सबैभन्दा अगाडि रहनेछ । सो अनुसार सबैभन्दा पहिलो चिर्वाचन चिन्ह नेपाली कांग्रेसको हुनेछ भने दोश्रोमा नेकपा एमाले, तेश्रोमा नेकपा माओबादी केन्द्र र चौथोमा राप्रपाको चुनाव चिन्ह रहनेछ ।

आयोगले झन्डै डेढ करोड हाराहारीमा मतपत्र छाप्ने भएको छ । धेरै राजनीतिक दल दर्ता भएका स्थानमा मतपत्र ७५ सेन्टिमिटर सम्म लामो हुनेछ । मतपत्रमा महानगर, उपमहानगर, नगर तथा गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, खुला वडा सदस्य दुई, महिला सदस्य र दलित महिला सदस्यको लागि मतदान गर्ने बक्स रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी