चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गर्ने रुपन्देही कांग्रेसको निर्णय

nepali-congress२६ असार, भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले स्थानीय तह चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने र अन्तर्घात गर्ने  कार्यकर्तालाई कारवाही गर्ने निर्णय गरेको छ ।

 रुपन्देही, कांग्रेसका सभापति एवं सांसद अब्दुल रज्जाकको सभापतित्वमा सोमबार भैरहवामा बसेको जिल्ला कार्यसमितिको बैठकले आधिकारिक उम्मेदवार बिरुद्ध बागी उठ्ने र बागी उम्मेदवारको समर्थक तथा प्रस्तावकमा बस्नेलाई कारवाही गर्ने निर्णय गरेको हो ।

बैठकले चुनावको समिक्षा गर्दै अरुबेला कांग्रेस हुँ भन्ने र चुनावका बेला असहयोग गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।

स्थानीय तह चुनावमा रुपन्देहीका कतिपय स्थानीय तहमा कांग्रेसबाटै बागी उम्मेदवारी समेत परेको थियो । जसका कारण जनमानसमा नकारात्मक असर परेको र त्यस्ता स्थानहरुमा झिनो मतले पराजय ब्यहोर्नु परेको थियो ।

निर्वाचनमा अन्तर्घात गर्ने तर, पार्टीले कारवाही नगर्ने हो भेन त्यस्ता व्यक्तिहरुको मनोबल बढ्ने रुपन्देही, कांग्रेसको निष्कर्ष छ ।

कांग्रेसको विधानको परिच्छेद-५ को दफा-३४ को उपदफा २ मा आधिकारिक उम्मेदवार बिरुद्ध बागी उठ्ने, उसको प्रस्तावक तथा समर्थक बस्नेलाई कारवाही गर्ने व्यवस्था छ ।

कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले पार्टीको अनुसाशन कायम गर्दै काँग्रेसलाई थप मजबुज र एकताबद्ध बनाउन यस्तो निर्णय गरिएको बताए ।

यस्तै स्थानीय तह चुनावमा आफ्ना विजयी उम्मेदवारलाई बधाई समेत दिएको छ । चुनावमा कांग्रेसलाई मतदान गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेको छ ।

यता कांग्रेस, सिद्धार्थनगर वडा नं. १ वडा समितिले स्थानीय तह चुनावको समिक्षा गर्दै पार्टीलाई अहसयोग र बागी उम्मेदवार दिनेलाई कारबाही गरेको छ । नगर सहसचिव सु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी