उदयपुरा, वैशाख २० । स्थानीय तहको निर्वाचन यहि बैशाख ३१ गते हुने पक्का भएपछि यतिबेला देशका बिभिन्न स्थानमा आतङ्ककारी तथा चुनाव विरोधी समूहले बमको सन्त्रास फैलाउन थालिसकेका छन् । चुनाव बिथोल्नका लागि त्यस्ता समूह यतिबेला निकै सक्रिया हुन थालेका छन् । जव देशमा परिवर्तनका केहि कदमहरु चाल्न सुरु हुन्छ तव त्यस्ता आततायी समूह सक्रिय हुने गरेको हाम्रा सामू थुप्रै उदाहरणहरु छन् ।
विशेषगरी चुनावको मुखमा यस्ता खाले घटनाहरु बारम्बार दोहोरिनु सुरक्षाकर्मीहरुका लागि मात्र नभएर आम मतदाता तथा जनताका लागिसमेत टाउको दुखाइको विषय बनेको छ । यसखाले प्रबृत्तिले गर्दा जनताको राजनीतिप्रति घृणा पैदा हुनुका साथै आफ्नो मतदानको अधिकार प्रयोग गर्नबाट पनि जनता बन्चित हुने छन् । जनता भोट हाल्ने दिन आफुहरुमाथि कुनै अप्रिय घटना होला कि, मतदान स्थाल जाने बाटोमा बम पड्किने हो कि भन्ने त्रासमा छन् ।
चुनावको बेलामा हुन सक्ने अप्रत्यासित घटनाहरु रोक्न र त्यसका मुकाबिला गर्न सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरेको छ । तर अतंकारी तथा चुनाव बिरोधी तत्वहरु लुकीछिपी सार्वजिनक स्थालमा र मतदान केन्द्र र त्यस नजिकैको स्थानमा बम प्रहार गर्ने र संकास्पद बस्तु राख्ने गरेको हामीले बिगतमा पनि देख्दै र सुन्दै आएका छौँ ।
यसै सन्दर्भमा उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–२ स्थित सिरबानी गाउँको एक कृषकको घरनजिकै भेटिएका ६ थान सकेट बमलाई मङ्गलबार नेपाली सेनाको भवानी दल गुल्म, ताराघारी, कटारीको टोलीले नष्ट गरेको छ ।
नेपाली सेना भवानी दल गण, उदयपुर बोक्सेका अनुसार स्थानीय एक कृषकको घरनजिकै बमजस्तो वस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए भने प्रहरीले तत्काल सेनालाई खबर गरेको थियो ।
भवानी दल गुल्म ताराघारी कटारीका क्याप्टेन भरत गिरीको नेतृत्वमा गएको ६ जनाको बम डिस्पोजल टोलीले घटनास्थलमा गएर बम नष्ट गरेको भवानी दल गण उदयपुर बोक्सेका प्रमुख सेनानी सुमन खड्काले बताउनुभएको छ ।
बम विगतमा माओबादी द्वन्द्वकालमा छाडिएको वा कसैले लुकाएको हो यस विषयमा भने अध्ययन भइरहेको पनि सेनाले बताएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।