चुनावका मुखमा सरकारका नौ निर्णय

काठमाडौं– सरकारले बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको हो । 

चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने अघिल्लो सरकारको निर्णय खारेज गरेर सरकारले यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ । बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानी र प्रविधिमै निर्माण गर्ने निर्णय गरिएको उपप्रधानमन्त्री एवम् उर्जा मन्त्री कमल थापाले जानकारी दिए । सरकारले आयोजना निर्माणका लागि आवश्यक लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको नेतृत्वमा अर्थ सचिव, उर्जा सचिव र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी समिति नै बनाएको छ ।

मन्त्रीपरिषद बैठकले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम ८ वर्ष भित्र पूरा गरिसक्ने लक्ष्य पनि लिएको छ । 

त्यसैगरी सरकारले बुद्धिबहादुर खड्कालाई सचिवमा बढुवा पनि गरेको छ । स्वास्थ्यतर्फ डा. शुशिलनाथ प्याकुरेल र डा. तरुण पौडेललाई १२ औं तहमा बढुवा गरिएको छ । सरकारले हेटौडा अस्पताल, सेती अंचल अस्पताल र रुपन्देहीस्थित भीम अस्पतालको स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ । हेटौडा अस्पतालमा ३ सय, सेती अंचल अस्पतालमा ३ सय र भीम अस्पतालमा ५० शैया स्तरोन्नति गर्ने निर्णय गरिएको पनि उपप्रधानमन्त्री एवम् उर्जा मन्त्री थापाले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित हुने गरी सरुवा, वढुवा लगायतका काम नगर्न सरकारलाई पटक पटक सचेत गराउँदै आएको छ ।
देउवा सरकारले विना टेण्डर गेजुवा ग्रुपलाई बुढिगण्डकी निर्माणको जिम्मा दिएको भन्दै कात्तिक २७ गते अघिल्लो सरकारको निर्णय खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा