चीनमा ‘दंगल’ले रच्यो नयाँ इतिहास

dangal-amir-13093712

१७ जेठ, एजेन्सी । अभिनेता आमिर खान अभिनित फिल्म ‘दंगल’ले चीनमा नयाँ इतिहास बनाएको छ । फिल्मले एक अरब युआन अर्थात् एक हजार करोड भारु कमाई गरेको छ ।

चीनको धेरै फिल्म हलसँग जोडिएको एक चर्चित टिकट वेबसाइट ‘माओयान जो’का अनुसार, ‘दंगल’को कमाई एक अरब युआनभन्दा बढी भएको छ । यसका साथै चीनको फिल्म उद्योगको इतिहासमा ३२ फिल्मको विशेष क्लबमा सहभागी भएको छ । कुनै पनि भारतीय फिल्मका लागि यो सफलता अभूतपूर्व रहेको फिल्म चीनमा भारतीय फिल्म वितरकले बताएका छन् ।

चीनमा अहिले फिल्म ‘पायरेट्स अफ क्यारिबियन पांच’ले पहिलो स्थान लिएको छ, त्यस्तै ‘दंगल’ले दोस्रो स्थान ओगटेको छ । दंगल अहिले चीनका ९ सय स्क्रिनमा चलिरहेको छ । चीनको बक्स अफिसमा यस सफलताको अर्थ विश्वमै सबैभन्दा बढी कमाई हुन्छ ।

यति मात्रै होइन, चीनमा आमिर खान ६.५५ लाख फलोअर्सको साथमा सामाजिक सञ्जालमा स्टार बनेका छन् । चीनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा चर्चित आमिर खान बनेको पनि खबर आइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं