March 18, 2020

चीनमा कोरोनाको पछिल्लो अपडेट

कोरोना भाइरसको इपिसेन्टर मानिने चीनको वुहान शहरमा मंगलवार केवल एउटा कोरोना संक्रमण मात्र पुष्टि भयो । गत वर्ष डिसेम्बर महिनामा कोरोना भाइरसको प्रकोप सुरु हुँदादेखि अहिलेसम्म चीनमा ३२३७ मानिसले अहिलेसम्म ज्यान गुमाइसकेका छन् । संसारभर अहिलेसम्म ८०१३ जनाले ज्यान गुमाइसकेका छन् ।

 

चीन सरकारको व्यवस्थापन र सावधानीका कारण अब कोरोना संक्रमितको संख्या उल्लेख्यरुपमा घटिरहेका छन् । बिस्तारै कोरोनाले चीनबाट बिदा लिएको भन्न मिल्ने अवस्था सिर्जना हुँदै गएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)का अनुसार चीनमा मंगलबार कोरोनाको संक्रमणको कारण थप ११ मानिसको मृत्यू भएको छ भने १३ नयाँ संक्रमण भेटिएको छ ।

वुहान र हुबेई प्रान्त २३ जनवरीदेखि बन्द छ । सरकारले त्यहाँ तत्काल औद्योगिक गतिविधिहरु र अन्य कारोबारहरु सुरु गर्ने योजना बनाइरहेको छ । सबैभन्दा बढी प्रभावित रहेको वुहानमा भने मंगलवार केवल एकवटा मात्रै संक्रमणको घटना सार्वजनिक भयो ।

यसअघि फेब्रुअरी महिनामा जब हुबेई प्रान्तमा कोरोनाको संक्रमण उत्कर्षमा थियो त्यतिबेला एक दिनमै हजारौंलाई संक्रमण भएको थियो । अब यो आंकडा एकमा पुगेको छ ।

वुहान हुबई प्रान्तमा पर्छ । वुहानमा करिब १ करोड १० लाख मानिस बस्छन् । उनीहरुलाई २३ जनवरीदेखि एकदमै मुस्किल अवस्था सिर्जना भएको थियो । पछि पूरै प्रान्तलाई नै लक डाउन गरिएको थियो ।

अब चीनमा चिनियाँ नागरिकभन्दा बाहिरबाट आउने नागरिकको बढी चिन्ता बढिरहेको छ । उनीहरुमा संक्रमण भेटिन थालेपछि चिन्ता बढेको हो ।

सरकारी तथ्यांकका अनुसार हरेक दिन चीनमा २० हजार मानिसहरु आइरहेका हुन्छन् । चीनको १० प्रान्त र शहरबाहिरबाट आइरहेका मानिसहरुलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने गरिएको छ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने