April 17, 2020

चीनबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगे दुई वाइडबडी

5e99186c9c16d200417083104

वैशाख ५, काठमाडौं । चीनको गोन्जाओबाट औषधि र स्वास्थ्य सामग्री लिएर नेपाल एअरलाइन्सका दुईवटै वाइडवडी जहाज नेपाल आइपुगेका छन् । दुवै जहाज आज बिहान १५ मिनेटको फरकमा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

विमानस्थलले दिएको जानकारी अनुसार एउटा जहाज बिहान ७ बजे र अर्को जहाज बिहान सात बजेर १५ मिनेटमा अवतरण गरेका थिए । कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि निजी क्षेत्रले खरीद गरेको सामग्री लिन निगमका दुई जहाज विहिबार साँझ चीनको गोन्जाओतर्फ उडेको थियो ।  

निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हुन् । लकडाउनको अवधिमा निगमका अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले सात अन्तर्राष्ट्रिय उडान भरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा