चीनबाट फर्किएपछि प्रचण्डले के भने ?

Prachand-after-china-visit-काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण पूर्ण सफल र उपलब्धीमूलक रहेको दावी गरेका छन् ।

चीन भ्रमणबाट फर्किएपछि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्रीहरु, विदेश विभाग प्रमुखका साथै तिब्बतमा पार्टी प्रमुख र सरकार प्रमुखसँग महत्वपूर्ण भेटवार्ता भएको तथा बोआओ फोरमलाई सम्बोधन गरिएको जानकारी दिए । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा दुवै देशमा रहेका अवसर र सम्भावनालाई भरपूर सदूपयोग गर्दै आपसी सदभावलाई अगाडि बढाउन दुवै देश सहमत भएको जानकारी दिँदै चिनियाँ राष्ट्रपतिले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा नेपाल सहभागी हुने प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिए ।

उनले नेपालमा रेलमार्ग निमार्ण, सडक, सिमापार विद्युत प्रशारण लाइन, भूकम्पपछिको पूर्ननिमार्णमा सहयोगको प्रतिवद्धता व्यक्त भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सीमापार आर्थिक विकास, रसुवागढी स्याप्रुबेसी सडक खण्डलाई स्तरोन्नती गर्न सम्झौताका लागि मातहतका निकायलाई निर्देशन दिने सहमति भएको समेत जानकारी दिए ।
प्रधानमन्त्री दाहालले अगाडि भने, ‘भूकम्पपछि अवरुद्ध भएको तातोपानी नाका खोल्न राष्ट्रपति ज्यूलाई आग्रह गर्दा उहाँ आफैले उक्त नाका खोल्न आफुले व्यक्तिगत रुपमा ध्यान दिएको बताउनुका साथै नेपालमा रेल ल्याउने तथा चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणका बारेमा पनि सकारात्मक चासो देखाउनुभयो ।’

भ्रमणका क्रममा प्रधानमन्त्रीले नेपालमा लगानी गर्न चाहने र गरिरहका चिनियाँ कम्पनीका प्रमुखहरुसँग नेपालमा लगानीको बिषयमा बिजनेश ग्राउण्ड टेबललाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गरेको जानकारी दिए । ल्हासामा रहँदा तिब्बल स्वाशासित क्षेत्रका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव उ इन जे सँग महत्वपूर्ण कुराकानी भएको र यो छलफलले तिब्बत जनसरकारसँग मित्रवत प्रगाढ सम्बन्धलाई अझ सुदृढ गर्न र दुईपक्षीय सहयोगलाई अगाडि बढाउन मद्दत पुग्ने प्रधानमन्त्रीले जानकारी दिए ।

उनले पत्रकारहरुको निर्वाचनबारेको जिज्ञासामा निर्वाचन नहुनेबारे प्रश्न नै नगर्न अनुरोध गर्दै तोकिएको समयमा मधेसी मोर्चासहितको सहभागितामा निर्वाचन हुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी