चिनी र भुइँकटहरको बोक्रा, कुर्कच्चा फुटेको उपचार

कुर्कुच्चा फुटेर बाक्लो अनि कडा सेतो छालाको लेउ लाग्ने समस्याले अधिकांशलाई सताइरहेको हुन्छ। वृद्धवृद्धाहरूलाई मात्रै नभएर युवा तथा प्रौढहरूमा पनि यस्तो समस्या आउन सक्दछ। सबैले यसलाई ‘कुर्कुच्चा फुटेको’ भन्छन्, तर खासमा यो ‘फुटेको’ होइन। यहि नै शरीरको प्रतिरक्षा प्रणाली हो। तर यसलाई बेलैमा सफा नगरे, यसले विकराल रूप लिन सक्छ र निको नहुने गरी त्यहिँ टाँस्सिएर बस्न सक्छ।

जब हाम्रो शरीरको कुनै अङ्ग र अर्को कुनै कडा वस्तुको नियमित घर्षण भइरहन्छ भने हाम्रो कोमल अनि नरम छालाले आफूलाई त्यस वस्तुबाट बचाउनको लागि कडा छालाको रक्षात्मक बाँध लगाउँदछ। यो कडा छालालाई ‘क्यालस’ (अबििगक) भनिन्छ र यो विशेष गरी खुट्टा र हातमा आउने गर्दछ।

यस्तो कडा छालालाई हटाउनको लागि समय लाग्न सक्छ, तर असम्भव भने छैन। केहि प्राकृतिक, सस्तो र घरेलु उपायहरू छन्, जसले हात र खुट्टाको क्यालसलाई हटाउनमा मद्दत गर्दछ।

Dry-cracked-heels-430x336

 

 

 

 

 

 

 

१.चिनी

आधा गिलास चिनी एउटा भाँडामा राख्नुहोस्।
त्यसमा चिनीको आधा भागजति मनतातो पानी अथवा ग्लिसिरिन अथवा नरीवलको तेल राखेर घोल्नुहोस् र बाक्लो लेदो बनाउनुहोस्। यस मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुन्छ।
यस मिश्रणलाई क्यालस लागेको कुर्कुच्चा अथवा फुटेको छालामा दैनिक लगाउँदा छालालाई नरम बनाउनको साथै सफा पनि बनाउँदछ।

२. भुइँकटहर

भुइँकटहर तास्नेबित्तीकै त्यसको बोक्राले फुटेको छाला अथवा कुर्कुच्चालाई पूर्ण रूपमा ढाक्नुहोस् र नरम कपडाले बाँधिदिनुहोस्।
केहि घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् र १ हप्तासम्म दैनिक यसो गर्नाले भुइँकटहरको बोक्रामा हुने इन्जाइम र एसिडले फुटेको ठाउँलाई निको बनाउँदछ।

३. बेकिङ्ग सोडा

फुटेको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा राम्रो उपाय भनेको ‘मनतातो पानीले भिजाउनु’ नै हो। यसले कडा छालाई नरम बनाई निको हुन मद्दत गर्दछ। साथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सोडा मिसाएर पनि कुर्कुच्चालाई त्यसमा डुबाउन सक्नुहुन्छ। न्युज २४ बाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि