१२ साउन, काठमाडौं – सरकारले २५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको हो ।
भोजपुर, सिराह, खोटाङ, रौतहट, सिन्धुली, रामेछाप, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, अछाम र कैलाली जिल्लाका गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने सरकारले जनाएको छ ।
यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको गरिब घर परिवार पहिचान सर्वेक्षण बोर्डले गरेको अध्ययन अनुसार २५ जिल्लामा तीन लाख ९१ हजार ८ सय ३१ परिवार गरिब छन् । उक्त सर्वेक्षणले सबैभन्दा धेरै गरिब बाजुरामा र सबैभन्दा धेरै धनि तनहुँमा रहेको प्रारम्भिक तथ्यांक निकालेको थियो ।
मन्त्रिपरिषद बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि बनाइएको मापदण्ड अनुसार परिचय पत्र वितरणको काम सुरु गर्ने बताए । सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयको सचिवको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति पनि गठन गरेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।