चाणक्य नीति- महिला होस् या पुरुष यी ४ काम सकेपछि नुहाउनुपर्छ

बिहान उठेपछि प्रायजसो मानिसहरु फ्रेस हुनका लागि नुहाउने गर्छन् । तर चाणक्यले भने केही यस्ता अवस्थाहरु बताएका छन् कि त्यसपछि नुहाउनु जरुरी हुन्छ । उनका अनुसार स्त्री होस् या पुरुष स्वास्थ्यका लागि त नुहाउनै पर्छ । चाणक्य  नीतिका अनुसार यी चार काम सकेपछि नुहाउनुपर्छ ।Chanakya-Niti

तेल मालिश गरेपछि नुहाउनुपर्छ
चाणक्यले बताएअनुसार स्वस्थ शरीर र चमकदार छालाका लागि हप्तामा कम्तीमा एकपटक पुरा शरीरमा तेल मालिश गर्नुपर्छ । तेल मालिशपछि शरीरमा भएका रोम छिद्रहरु खुल्छन् र भित्रका विकार पदार्थहरु बाहिर निस्कन्छन् । यसकारण तेल मालिश गरेको केही समयपछि नै नुहाउनुपर्छ । तेल मालिशपश्चात ननुहाई बाहिर जानु अशुभ मानिन्छ ।

शवयात्राबाट फर्केपछि नुहाउनुपर्छ
चाणक्य नीतिका अनुसार मलामी गएर फर्केपछि पनि नुहाउनुपर्छ । किनकी घाट वरिपरी भएका किटाणुहरुले हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यदि ननुहाई बसेमा कपडा वा शरीरका अन्य भागमा किटाणुहरु हुनसक्छन्, जसले हाम्रो शरीरलाई असर गर्नसक्छ ।

यौनसम्पर्क गरेपछि नुहाउनुपर्छ
स्त्री होस् या पुरुष यौनसम्पर्क गरेपछि नुहाउनु जरुरी मानिन्छ । किनकी उक्त समयमा महिला तथा पुरुष दुवै अपवित्र हुन्छन् । चाणक्य नीतिका अनुसार यदि कोहि यौनसम्पर्कपछि पनि नुहाउँदैन भने ऊ कुनैपनि धार्मिक कामका लागि योग्य हुन सक्दैन ।

कपाल काटेपछि नुहाउनुपर्छ
चाणक्य नीतिका अनुसार कपाल काटेपछि नुहाउनुपर्छ । कपाल काटेपछि पुरै शरीरभरि कपालका स-साना टुक्राहरु झरेका हुन्छन् । त्यसकारण कपाल काटेपछि नुहाउनु जरुरी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी