October 9, 2019

चलचित्र ‘वार’ को कमाइले रच्यो इतिहास

चलचित्र ‘वार’ ले मंगलबारको कमाइले रच्यो इतिहासमुम्बई । ऋतिक रोशन र टाइगर श्राफ अभिनित चलचित्र ‘वार’ ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । अक्टोबर २ बाट रिलिज भएको चलचित्रले दशहरा अर्थात दसैँको दिन २७ करोडको व्यापार गरेर मंगलबार यति धेरै कमाइगरेको इतिहास रचेको छ ।

रिलिजको सात दिनको कलेक्सन हेर्ने हो भने, यो चलचित्रको सबैभन्दा कम कमाइ सोमबारको रहेको छ । सोमबार ‘वार’ले २० करोड कमाइ गरेको हो ।

बक्सअफिस इण्डियाको रिर्पोट अनुसार चलचित्रले मंगलबार २७ करोड कमाई गरेर २०० करोडमा प्रवेश गरेको हो ।

चलचित्रको रिलिजको पहिलो साता चलचित्रले २०६ करोड कमाएको थियो । यो कलेक्सनको हिसाबमा ‘बाहुबली : द कन्क्लूजन’ र ‘सुल्तान’ पछि पहिलो साता धेरै कमाई गर्ने तेस्रो चलचित्र बनेको हो ।

पहिलो साता २०० करोड कमाई गर्ने चलचित्रमा ‘सन्जु’ पनि आउँछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने