४पुस, काभ्रे । प्राकृति तथा नदीजन्य पदार्थ उत्खनन सम्बन्धी ठेक्कामा चरम भ्रष्टाचार र अधिकारको दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाका पुर्ब अध्यक्ष सालमसिंह लामा र तत्कालीन प्रशासकीय प्रमुख अधिकृत सर्मिला लामिछानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा तेमाल गाउँपालिकाको क्षेत्रभित्र पर्ने विभिन्न बगरमा रहेको गिटी बालुवा लगायत संकलन गर्न ठेक्का सम्झौता गर्दा बोल कबोल अंकभन्दा घटीमा सम्झौता गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरुविरुद्ध ५ करोड १४ लाख जरिवानाको मागदावीसहित मुद्दा दायर गरेको हो । सोही प्रकरणमा ठेकेदारहरुविरुद्ध पनि कर्मचारी र जनप्रतिनिधि सरह जरिवाना र जेल सजायसहितको विगोदावी गरेर मुद्दा दायर भएको छ । अख्तियारले काभ्रेको अन्य गाउँपालिका अध्यक्ष , अधिकृत र त्याहास्थित वडा अध्यक्षहरुको भ्रस्टाचार विरुद्ध परेको उजुरी अनुसार कागजपत्र सिज गरेर छानबिन गरिरहेको बुझिएको छ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द