चम्किए शेष घले, बने अस्ट्रेलियाको १०१ औँ धनी

sheshकाठमाडौँ, १३ जेठ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङ अघिल्लोभन्दा चार स्थान माथि उक्लिदैं अष्टेलियाको १०१औँ धनी व्यक्ति बनेका छन् ।

अष्टेलियाको फाइनान्सियल रिभ्युले सार्वजनिक गरेको सन् २०१७ का दुई सय धनी व्यक्तिको सूचीमध्ये उनीहरू ६४ करोड ७० लाख डलर (६५ अर्ब रुपियाँ)सहित सो स्थानमा उक्लिएका हुन् ।

यसअघि उनीहरू ५८ करोड ६० लाख डलरसहित १०५औँ स्थानमा थिए । सन् १९९० को दशकको मध्यतिर अष्टेलिया बसाई सरेका घले दम्पतीको उच्च शिक्षा, घरजग्गामा लगानी रहेको छ । मेलबर्नमा उनीहरूकै लगानीमा प्रसिद्ध मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी सञ्चालनमा छ ।

सन् २०१५ मा घले दम्पतीले मलेबर्नमै ४७० ओटा तथा २१० ओटा कोठासहितका दुईओटा टावर होटल निर्माण गर्ने अनुमति पाएका थिए । घले दम्पतीकै लगानीमा नेपालमा प्रसिद्ध सेराटन ब्राण्डको चेन होटल पनि निर्माणाधीन अवस्थामा छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न