घोप्टो परेर सुत्दा आकस्मिक मृत्युको जोखिम

r-750x530तपाइँ जिउलाई कस्तो पारेर सुत्नुहुन्छ रु कोल्टे, उत्तानो वा घोप्टो रु यदि घोप्टो परेर सुत्नुहुन्छ भने अबदेखि त्यसरी सुत्न छाड्नुहोस् । पछिल्लो अनुसन्धानले घोप्टो परेर पेटमा दबाब पर्नेगरि सुत्दा आकस्मिक मृत्युको खतरा उच्च हुने चेतावनी दिएको छ ।
खासगरि छारे रोग भएका मानिसहरु पेटमा दबाब पर्नेगरि घोप्टो परेर सुत्नु सबैभन्दा खतरनाक हुने शोधकर्ताहरुको ठहर छ ।
अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानले अनियन्त्रित छारे रोग भएका मानिसहरुमा मृत्युको कारण आकस्मिक मरण नै रहेको र त्यस्तो मरण मानिस सुतेको बेला नै हुने गरेको पाइएको छ ।
शोधकर्ता जेम्स ताओका अनुसार विभिन्न २ सय ५३ वटा मृत्युका घटनाका विषयमा भएका २५ वटा अध्ययनको विश्लेषण गरि यस्तो निष्कर्ष निकालिएको हो ।
छारे रोग लागेका मानिसहरु जो सुतेको सुत्यै मर्दछन् उनीहरु मध्ये ७३ प्रतिशत मानिसहरु घोप्टो परि पेट थिचेर सुतेको अवस्थामा मरेको पाइयो ।
छारे रोगका विरामीहरु कुनैपनि समयमा अचेत हुने र अचेत भएपनि आफै उठ्ने क्षमता हुँदैन । पेट थिचेर सुतेको अवस्थामा अचेत हुँदा त्यस्ता रोगीहरुको स्वास प्रस्वास प्रक्रियामा समेत अवरोध हुने र अन्य मानिसले समेत बेहोस भएको भेउ नपाउने भएकाले बेहोस भएको छारे रोगीको उद्धार हुने र ब्युँझिने सम्भावना कम हुन्छ ।
शोधकर्ताहरुले छारे रोग भएकाहरुले कोल्टे परेर सुत्नु सबैभन्दा उत्तम हुने सल्लाह दिएका छन् । अनलाइन जर्नल न्युरोलोजीमा यस सम्बन्धि शोध प्रकाशित भएको छ ।
विश्वमा झण्डै ५ करोड मानिस छारे रोगबाट पीडित भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने