‘घुस’ लाई राष्ट्रिय खाना घोषणा गर्न माग !

993F55CDB3C4A0EDAD56C2B6A96A04E8

नेता तथा कर्मचारीले घुस खाएका समाचार आइरहन्छन् । घुसको मामिलामा मानिस स्वभावैले निकै खन्चुवा हुँदोरहेछ । धेरैलाई खान मनपर्ने चिज होला घुस भन्ने कुरा । सायद सोही कारण घुसलाई राष्ट्रिय खाना घोषणा गर्नुपर्ने माग उठेको छ ।

समाचार भारतको हो । अहिले भारतमा खिचडीलाई राष्ट्रिय खाना घोषणा गर्नुपर्ने माग कतिपयले गरिरहेका छन् । यद्यपि एकजना मन्त्रीले यो माग अस्विकार गरिसकेका छन् । खिचडीलाई राष्ट्रिय खाना घोषणा गर्ने माग मन्त्रीद्वारा अस्विकार भएको सम्बन्धमा बिबिसीले एउटा सर्भेक्षण गरेको छ भारतमा, आखिर भारतीयहरु कुन खाना भारतको राष्ट्रिय खाना होस् भन्ने चाहन्छन् ? भनेर । यस विषयमा भारतीयहरुले ट्विटर तथा फेसबुकमा आफ्नो राय दिइरहेका छन् ।

समोसा, नून रोटी, दाल भात आदिलाई राष्ट्रिय खाना घोषणा गर्नुपर्ने धारणा कतिपय गरेका छन् । तर एकजना प्रयोगकर्ताले घुसलाई भारतको राष्ट्रिय खाना घोषणा गर्नुपर्ने भनेर ट्विटेपछि त्यसले निकै चर्चा पाएको छ ।

एक हिन्दुस्तानी नामक ट्वीटर प्रयोगकर्ताले घुसलाई राष्ट्रिय खाना घोषणा गर्न माग गरेका हुन् ।

कतिपयले आलु परौँठा त कतिपयले पुरी तरकारीलाई राष्ट्रिय खाना बनाउन माग गरे । मटन पुलाउ देखि चटनी रोटीसम्मलाई राष्ट्रिय खाना बनाउने माग पनि उठेको छ जबरजस्त ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं