घुम्नका लागि छाडे जागिर, तर बने करोडपति

घुमफिरका शोखिन मानिसहरुले घुमफिर गर्नका लागि विदा लिने क्रममा आफ्नो जागिरको समेत परवाह गर्दैनन् । हाकिमले विदा दिने छाँट देखाएन भने जागिर नै छाडिदिन पछि पर्दैनन् ।

karodpati

नर्थ आयरल्याण्डका एक युवक ३३ वर्षका जोनी वार्ड पनि यस्तै दुनिया दर्शनका शौखिन थिए । उनलाई पूरै दुनिया घुम्नु र देख्नु थियो । चाहना मात्र भएर के गर्नु त्यसका लागि प्रसस्तै रकम चाहिन्थ्यो । तर उनी एक मध्यम परिवारवाला थिए । त्यसपनि उनले आफ्नो त्यो इच्छा आफ्नी आमासाग राखे । आमाले छोराको इच्छा पूरा गर्नसक्ने कुरा भएन ।

 

सन् २००६ मा पढाइ पूरा गरेसँगै उनले अनाथ बच्चाहरुको शिविरमा परामर्शदाताको जागिर पाए । त्यस समय उक्त शिविरबाट थाइल्याण्डमा एक भ्रमण कार्यक्रम थियो । त्यहाँ जोनीलाई अंग्रेजी पढाउने जिम्मा दिइयो । पढाउँदा पढाउँदै जोनीलाई लाग्यो की किन यसलाई आफ्नो शक्ति नबनाउने ? त्यसपछि उनले एक चिकित्सा अनुसन्धानमा पनि भाग लिए र त्यसबाट ३ हजार डलर कमाए ।

त्यो रकम जोनीका लागि विश्व भ्रमणको सुरुवातका लागि पर्याप्त थियो । यो घटना भएको १० वर्ष भैसकेको छ ।

उनले यसबीचमा १ सय ९७ देश घुमिसकेका छन् । र, हालै उनले नर्वेमा आफ्नो विश्व यात्रा समाप्त गरेका छन् ।

आफ्नो विश्वभ्रमणका क्रममा उनले धेरै समस्याको सामना गर्नुपर्यो । उनी दुईपटक गिरफ्तार समेत भए र २० देशमा अस्पतालमा भर्ना भए । उनी आतंकवादसँग पनि जुध्नुपर्यो र कतिपय देशमा भने सरकारी अधिकारीहरुलाई घुस समेत दिनुपर्यो अरे ।

विश्व भ्रमणकै दौरान उनलाई एउटा ट्राभल ब्लग खोल्ने सोँच आयो । उनले onestep4ward.com नामक ब्लग संचालनमा ल्याए । यो ब्लग अहिले एक मिडिया ब्राण्ड बनिसकेको छ । अनाथ बालबालिकाको शिविरको जागिर छाडेर दुनिया घुम्न हिँडेका जोनी अहिले त्यहीँ ब्लगबाटै करोडपति बनेका छन् । उनले आफ्नो ब्लगबाटै पछिल्लो ३ वर्षमा १० लाख डलर अर्थात् १० करोड रुपैयाँ भन्दा बढि आम्दानी गरेका छन् । उक्त ब्लग साइटमा उनले आफ्ना यात्राका तस्वीर तथा अनुभव लगायत यात्रा सम्बन्धी विवरण प्रस्तुत गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी