April 7, 2017

घामपानीको सार्वजनिक

काठमाण्डौ । पत्रकार दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र ‘घामपानी’को तामाङ सेलो गीत बिहीबार रिलिज गरिएको छ । युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘आपालाई मेरो’ बोलको गीतमा चन्द्रकुमार दोङको संगीत र फूलकुमार बम्जनको शब्द सुन्न पाइन्छ । गीतलाई सञ्जीव वाइबा, फूलकुमार बम्जन र जितु लोप्चनले गाएका हुन् ।download

गीतको छायांकन सिन्धुलीको निबुवाटार गाउँमा गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीबाहेक प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले र अरुणा कार्कीको अभिनय हेर्न पाइन्छ । दयाले केकीलाई तामाङ संस्कृतिअनुसार घर भित्र्याएको सन्दर्भ गीतले खुलाउँछ ।

‘घामपानी’ फिल्ममा तामाङ सेलो गीत पस्किन पाउँदा खुसी लागेको र गीतमा दुई संस्कृतिको फ्युजनका रुपमा डम्फु र सहनाई बाजाको मिश्रण सुन्न पाइने निर्देशक लामाले बताए । संगीतकार दोङले नेपाली भाषाको फिल्मका लागि सेलो कम्पोज गर्न पाउँदा खुसी लागेको सुनाए । फिल्मका लागि अरु सेलोभन्दा बढी मिहेनत गरिएको उनको दावी छ । वैशाख १ गते रिलिज हुने ‘घामपानी’मा तामाङ युवक र बाहुन युवतीबीचको अन्तरजातीय प्रेमकथा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आज श्रद्धा र भक्तिसाथ आमाको मुख हेर्ने पर्व मनाइँदै

७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे

आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

७ चैत,काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न

दशौं म्यूजिक खबर म्यूजिक अवार्ड मनोनयनको प्रमाणपत्र प्रदान

२८ फागुन, काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा

लोकप्रिया पुरस्कारको घोषणा

२४ फागुन , काठमाडौं । साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको “लोकप्रिया पुरस्कार” घोषणा