घाइते कर्मचारीका लागि मन्त्री आलेद्वारा रकम सहयाेग

काठमाडौं, चैत २३ः वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले गैडा गणनाका क्रममा यहि चैत २० गते शुक्रबार धुर्बे नामक जङ्गली हात्तीले लखेटेपछि हात्तीबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट एक लाख उपचार खर्च प्रदान गरेका छन् ।

हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौंको ह्याम्स अस्पतालमा पुगी मन्त्री आलेले उक्त रकम प्रदान गरेका उनका निजी सचिब रबिन ज्ञालनले जानकारी दिए । मन्त्री आलेले श्रेठको उपचारमा कुनैकमि हुँन नदिने बचन समेत दिएका छन् ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका कर्मचारी श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने समेत मन्त्री आलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित

पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै

 फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत