ग्ल्यामरस शुभेच्छाको एक्सन अवतार

suvechha-fa-58baa6f3396e21.41493832दमकः एकपटक कामुक फोटो सेसन गरेर विवादमा आएकी नायिका शुभेच्छा थापा यसपटक भने बेग्लै शैलीमा प्रस्तुत हुने भएकी छन् । नेपाली चलचित्रमा बोल्ड सिन दिन माहिर मानिएकी थापा चलचित्र ‘शिवम्’ मा एक्सन लेडीका रूपमा आउन लागेकी छन् । झापाको दमकमा चलचित्रको शुभमुहूर्त गरिएको छ ।

चलचित्रका निर्देशक राजु गिरीले धेरै चलचित्रमा थापालाई बोल्ड सिनमा उतारे पनि यस चलचित्रमा एक्सन रोलमा प्रस्तुत गर्न लागेको जानकारी दिए । चलचित्रको आधाभन्दा बढी छायांकन दमक, फिक्कलसहित पूर्वका विभिन्न ठाउँमा गरिनेछ ।

दमकमा बसोबास गर्दै आएकी कल्पना खरेलले निर्माण गर्न लागेको चलचित्रको लागत ६० लाख रुपैयाँ अनुमान गरिएको छ । चलचित्रमा शुभेच्छासहित सोम भेटवाल, रवि गिरी, पल्पसा डंगोल, राजु थापालगायत कलाकार छन् । निर्देशक गिरीले चलचित्रमा ग्ल्यामर नहुने बताइरहँदा नायिका थापाले लगाएको पहिरनप्रति सबैको ध्यान खिचिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको