March 24, 2020

ग्यास आपूर्ति सहज

कोरोना त्रासले खल्बलियो एल.पी. ग्यास वितरण प्रणाली सहज हुन थालेको छ । बजारमा ग्यास अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राख्न थालेपछि दुई हप्तादेखि बजारमा ग्यास सहज थिएन । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

मागभन्दा बढी आपूर्ति हुँदा पनि बजारमा अभाव देखिएको थियो तर नेपाल ग्यास उद्योग सङ्घ र नेपाल आयल निगमले उपत्यकाका विभिन्न स्थानमा रिटेल आउटलेट अर्थात् रिटेल काउन्टर सञ्चालन गरेपछि सहज बन्दै गएको हो ।

आइतबारदेखि रिटेल आउटलेटबाट ग्यास वितरण गरेपछि उपभोक्ताले सहज ग्यास पाएका हुन् । सोमबार अनामनगरमा वितरण गरिएको नेपाल ग्यास सहज वितरण भएको छ । नेपाल ग्यासको सिलिन्डर लिएर आउने सबैले ग्यास पाएका छन् । करिब दुई घण्टा मात्रै लाइन बस्नु परेको लाइनमा सहभागी वसन्ता कार्कीले बताए । 

उपत्यकामा २२ स्थानबाट विभिन्न ग्यास वितरण भएको छ । रिटेल आउटलेटबाट करिब ३५० सिलिन्डर दैनिक वितरण गरिएको छ । व्यवस्थित लाइन र ग्यास लिने उपभोक्ताको परिचय खुल्ने विवरण राखिएको छ । वितरणका बेला सबै उपभोक्तासँग परिचय खुल्ने कागजात मागिएको थियो । परिचयपत्रबिना ग्यास वितरण गरिएको छैन । कसले ग्यास लग्यो, कति लग्यो र कति बिक्री भयो भन्ने तथ्याङ्कका लागि मात्र नभई समानुपातिक वितरणका लागि तथ्याङ्क राखिएको, नेपाल ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण