दक्षिण कोरियाली कम्पनी सामसुङले अर्को वर्ष सन् २०१८ को सुरुमै सार्वजनिक गर्नेगरी नयाँ स्मार्टफोन ग्यालेक्सी एस नाइनको काम सुरु गरिसकेको छ । ग्यालेक्सी एस नाइन सँगै ठूलो स्त्रिmनवाला एस नाइन प्लस पनि सामसुङले एकैसाथ ल्याउने बताइएको छ ।
यी दुबै स्मार्टफोनहरु कोड नेम स्टार र स्टान टू को नामबाट निर्माण भैरहेका बताइएको छ । सामसुङका आगामी यी स्मार्टफोनको डिस्प्ले प्रविधि विद्यमान ग्यालेक्सी स्मार्टफोनमा जस्तै रहनेछ । यसको अर्थ ग्यालेक्सी एस नाइनमा पनि फ्लेक्सिबल अर्थात् फोल्डेबल स्त्रिmन हुनेछैन । तर ग्यालेक्सी एस नाइनमा नेक्स्ट जेनेरेसन एमोलेड स्त्रिmन हुनेछ, जसमा इन्पिmनिटी डिस्प्ले टेक्नोलोजीको प्रयोग गरिएको हुनेछ ।
रिपोर्ट अनुसार कम्पनीले ग्यालेक्सी एस नाइन र एस नाइन प्लसका पाटपूर्जाको उत्पादन पनि तिब्र पारिरहेको छ । समय अगावै यी स्मार्टफोन लञ्च गर्ने लक्ष्यका साथ उत्पादन कार्यलाई तिब्र बनाइएको बताइएको छ । यद्यपि यसबारेमा सामसुङले आधिकारिक रुपमा केही बताएको छैन ।
स्मरण रहोस् गत अपि्रलमा सामसुङले चिपसेट निर्माता क्वालकोमसँग मिलेर नयाँ पुस्ताको प्रोसेसरको विकास गरिरहेको खबर सार्वजनिक भएको थियो । उक्त नयाँ प्रोसेसर ग्यालेक्सी एस नाइन र एस नाइन प्लसमा प्रयोग गरिने पनि बताइएको छ । उक्त प्रोसेसरलाई स्नापड्रागन ८४५ भनिएको छ । विद्यमान ग्यालेक्सी एट स्मार्टफोनमा स्नापड्रागन ८३५ प्रोसेसर प्रयोग गरिएको छ ।
रिपोर्ट अनुसार कम्पनीले छिटै नै सातौँ पुस्ताको ओएलइडी डिस्प्ले उत्पादन गर्न सुरु गर्नेछ जुन ग्यालेक्सी एस नाइनमा प्रयोग गरिनेछ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।