गैर दलितको भान्छा छोएको निहुँमा ९ बर्षीय बालकमाथि निर्घात कुटपिट

गैर_दलितको_भान्छा_छोएको_निहुँमा_९_बर्षीया_बालकमाथि_निर्घात_कुटपिट8968-262x300सुर्खेत । गैर दलितको भान्छा छोएको निहुँमा सुर्खेतमा एक दलित बालकलाई  निर्घात कुटपिट गरिएको छ। सुर्खेत बराहगाउँपालिका-८ कुनाथरीका कक्षा ३ मा अध्ययनरत ९ वर्षिय भीमबहादुर विकलाई भान्छा छोएको निहुँमा छिमेकी भरत शाही र बाटु शाहीले कुटपिट गरेका हुन्।

भीमबहादुरका आमा जयसराका अनुसार उनीहरुले पहिला घरभित्र सामान ल्याउन पठाएर पछि किन भान्छा छोइस भन्दै लौरोले कुटेका थिए। जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी जयसराका अनुसार छोरालाई बेहोस हुनेगरी कुटपिट गरी घरमा लगेर छोडेका थिए।

आफु गोठालो गएको र घरमा फर्किदा छोरो घरमा बेहोस अवस्थामा भटिएको उनले बताइन्। भीबहादुलाई भरत शाहीले निल डाम बस्ने गरी बिहीबार साँझ कुटेका थिए। कुटिएको छोरालाई राती घरमा घरेलु औषधी गरेको र शुक्रबार मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाँउ सुर्खेतमा पुर्याएर उपचार गरिरहेको उनले जानकारी गराइन्।

पिटाइपछि भिमबहादुर अझै राम्रो हिड्डुल गर्न नसक्ने अवस्थामा छन्।  उनले जातिय छुवाछुत विरुद्ध न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन्। पिडक पक्षले भने यसबारे अहिलेसम्म केहि प्रतिक्रिया जनाएको छैन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको