December 23, 2019

गैरकानुनी धन्दा चलाएको भन्दै काठमाडौंबाट ७० विदेशी पक्राउ, अधिकांश चिनियाँ नागरिक

प्रहरीले गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा झण्डै ७० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

सोमबार प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ७० जना विदेशी नागरिक पक्राउ गरेको हो । पक्राउ पर्नेमध्यै अधिकांश चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु भिजिट भिसामा नेपाल आएको प्रहरीले बताएको छ । तर नेपालमा नै कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि विदेशी नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले सोमबार ‘विशेष अप्रेसन’ चलाएर बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट विदेशी नागरिक पक्राउ गरेको हो। पक्राउ परेकाहरु संलग्न गैरकानुनी धन्दाबारे प्रहरीले केही खुलाएको छैन ।

प्रहरीले पक्राउ परेकाहरुबाट ल्यापटप, मोबाइल नगदलगायत समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी