काठमाडौं । भूकम्पपछि भत्किएका गुम्बाहरुको पुनर्निर्माण नभएको भन्दै आन्दोलित बनेका बौद्ध धर्मालम्बीहरुले गुम्बा विकास समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।
आइतबार विहानै जावलाखेल स्थित गुम्बा विकास समितिको कार्यालयमा तालाबन्दी भएको हो । गुम्बा विहार पुनर्निर्माण संघर्ष समितिले आज विहानै तालाबन्दी गरिदिएको बताइएको छ । गुम्बा पुनर्निमाणमा बिनियोजित रकम अनुसार काम शुरु नै नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले ‘भ्रष्ट’ कार्यकारी निर्देशक नरेन्द्र गुरुङको राजिनामाको समेत माग गरेका छन् । आन्दोलनकारीले राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलको समेत राजिनामाको माग गरेका छन् ।
संघर्ष समितिले आगामी २२ गते प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाउने र २९ गते बौद्ध भिछुहरुले सिंहदरबार घेराउ गर्ने कार्यक्रम अगाडी सारेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द