चैत १४, काठमाडौं– काठमाडौं प्रहरी र महानगरीय अपराध महाशाखाले राजधानीमा सञ्चालित पाँच वटा क्यासिनोमा छापा मारेको छ ।
आईतबार राती ह्यात होटलमा सञ्चालित क्यसिनो प्राईडसहित काठमाडौंका पाँच क्यासिनोमा छापा मारेको महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले जानकारी दिए ।
‘क्यासिनोमा नेपालीलाई प्रवेश दिईएको सूचनाका आधारमा छापा मारेका हौं’ एसएसपी अमात्यले भने, ‘आईतबार राती छापा मार्दा नेपाली ग्राहक फेला परेनन् ।’
मध्यराती साढे ९ बजेतिर क्यासिनो पुगेको महानगरीय प्रहरी परिसर र अपराध महाशाखाबाट डिएसपीको कमाण्डमा खटिएका संयुक्त टोलीले साढे ११ बजेसम्म क्यासिनोमा सर्च अपरेशन चलाएको थियो ।
क्यासिनो प्राईडसहित सोल्टी होटलमा सञ्चालित क्यासिनो माहाजोङ्ग, सांग्रिला होटलमा सञ्चालित क्यासिनो, याक एण्ड यति होटलको क्यासिनो रोयल तथा र्याडिसयन होटलमा सञ्चालित क्यासिनोमा छापा मारेको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ता (एसपी) प्रधुम्न कार्र्कीले भने, ‘हामीले खोजेका मोस्ट वान्टेड गुण्डाहरु पनि क्यासिनोमा जाने गरेको सुचनाका आधारमा छापा मारेका हौं ।’
फरार सूचिमा रहेको गुण्डालाई नियन्त्रणमा लिने योजना सहित क्यासिनो पुगेको प्रहरी रित्तो हात फर्किएको छ । क्यासिनोमा नेपाली प्रवेश गराउने लगायतका अन्य आपराधिक गतिवीधी समेत हुने गरेको सुचना आईरहेको हुनाले अबका दिनमा नियमित चेकजाँच गरिने एसपी कार्कीले बताए ।
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी