April 21, 2020

गर्भवती र सुत्केरीले घरबाटै सेवा लिन सक्ने

गोरखा घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिनुभएको छ । थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)बाट सेवा लिइरहेकी उनको यो दोस्रो गर्भ हो । यो समाचार आजको गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेकी छिन् । 

अहिले छ महिना भइसकेको छ र कुनै समस्या नभएकाले फोनमा चिकित्सकले दिएको सल्लाहअनुसार नै खाना खाने र व्यायाम गर्दै आएकी छिन् । यस्तै नुवाकोट घर भई काठमाडाँैंमा बस्दै आएकी कला तामाङको पनि दोस्रो गर्भ पाँच महिनाको छ । उनले समस्या भएमा कहाँ र कसरी सेवा लिनेबारे जानकारी राखेको पाइएन । प्रसूति गृहले बन्दाबन्दी (लकडाउन)का कारण अस्पतालसम्म आउन नसक्नेलाई घरमै बसेर सेवा उपलब्ध गराउन थालेपछि थापाजस्ता धेरैले यसको फाइदा लिइरहेका छन् । 

अस्पतालका निर्देशक डा. जगेश्वर गौतमका अनुसार कोरोना सङ्क्रमण नहोस् भन्ने उद्देश्यले अस्पतालको बहिरङ्ग सेवा बन्दाबन्दीको अवधिभर बन्द गरिएको छ । यसबेला अस्पतालमा गर्भवती अवस्थाबारे जाँच गराइरहेका गर्भवतीका लागि टेलिफोन नं. ४२६०४०५ मा सम्पर्क गरी डाक्टरसँग सल्लाह लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण