गठबन्धनले कब्जा गरेको दोलखाको १० वटा मतदान केन्द्रमा पुन : मतदान गर्ने आयोगको निर्णय


११ मंसिर,काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा मतदान केन्द्रहरुमा मंसिर १५ गतेभित्र पुनःमतदान गर्ने निर्णय गरेको छ ।

आइतबार उपसचिव एवं आयोगका सहायक प्रवक्ता ऋषिराम भुसाल द्धारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति मार्फत आयोगले यस्तो जानकारी दिएको हो ।

१० वटा मतदान केन्द्रमा मिति २०७९/०८/०४ मा भएको मतदान कार्य स्वच्छ,स्वतन्त्र,निस्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएकोले उल्लेखित केन्द्रहरुको मतदानमा अनधिकृत कब्जा भई मतदानको कार्यमा निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुँदा मिति २०७९/०८/०४ मा भएको मतदान रद्द गरि उल्लेखित मतदान केन्द्रहरुमा मिति २०७९/०८/१५ भित्रमा पुनःमतदान सम्पन्न गराउने गरि आयोगले निर्णय गरेको हो ।

त्यस्तै,१० (दश) वटा मतदान केन्द्रमा जिम्मेवारीमा रहेका राष्ट्रसेवक कर्मचारीहरुको विवरण आयोगको सचिवालयमार्फत सम्बन्धित निकायसँग माग गरी निजहरु उपर आवश्यक कारवाहीका लागि आयोगमा पेश गर्न सचिवालयलाई निर्देशन दिने निर्णय समेत आयोगले गरेको छ । ।

गत मंसिर ४ गते मतदानको क्रममा नेकपा(माओवादी केन्द्र) र नेपाली काङ्ग्रेस लगाएत गठबन्धन समर्थित नेताकार्यकर्ताहरुले धांदली गरेर बुथ कब्जा गरेकोले पुनः मतदान हुनुपर्ने एमालेको माग रहेको थियो भने मतदान अधिकृतहरुले आफ्नो माथिल्लो तहलाई गरेको कतिपय रिपोर्टमा समेत बुथ कब्जा भएको रिपोर्ट पेस गरेका थिए ।

निर्वाचनको क्रममा एमाले नेतृ एवं गौरीशंकर गाउंपालिकाकी पुर्व उपप्रमुख उर्मिला थामी,त्यस्तै एमाले वागमती प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य डिल्ली बराईली लगाएत दर्जनौं नेता कार्यकर्ताहरु माथी गरिएको हातपात र दुर्ववहारको दृश्य सामाजिक संजालहरुमा भाईरल समेत भएको थियो । त्यस्तै,गठबन्धन समर्थित नेताकार्यकर्ताहरुको आक्रमणमा दर्जनौं एमाले नेताकार्यकर्ताहरु घाइते समेत भएका थिए ।

आयोगको विज्ञप्ति :         

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल