जेठ १३, काठमाडौं – आगामी ३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा संघीय गठबन्धन सहभागी नहुने भएको छ । शुक्रबार सकिएको गठबन्धनको बैठकले आफू सहभागी नहुने निर्वाचन बिथोल्ने निर्णय गरेको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।
गठबन्धनभित्रै दुई धार
आन्दोलनको पक्ष र विपक्षमा गठबन्धनभित्र दुई धार देखिएको छ । राजेन्द्र महतो र राजकिशोर यादव निर्वाचन बिथोल्ने कार्यक्रमसहित चर्को आन्दोलनको पक्षमा छन् । त्यसविपरीत शरत्सिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झाहरू निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा छन् । यो मुद्दामा महन्थ ठाकुर बीचमा उभिएका छन् ।
तराईमा को बलियो ?
तराईका २० वटा जिल्लामा को बलियो भन्ने बहस मधेसकेन्द्रित दलहरूमा देखिएको छ । संघीय समाजवादी फोरमको २० वटै जिल्लामा राम्रो प्रभाव देखिएको छ । फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले मधेस आन्दोलन आफ्नो पार्टीको नेतृत्वमा भएकाले तराईका २० जिल्लामा पहिलो शक्ति बन्ने दाबी गरे ।
राजेन्द्र महतोको तत्कालीन सद्भावना पार्टीको प्रभाव तुलनात्मक रूपमा सप्तरी, सिरहा र सर्लाहीमा देखिन्छ । महन्थ ठाकुरको नेतृत्वमा रहेको तत्कालीन तमलोपाको प्रभाव नवलपरासी, रुपन्देही र कपिलवस्तुमा बढी छ । पूर्वी तराईमा उसको प्रभाव छैन । शरत्सिंह भण्डारीको नेतृत्वमा रहेको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीको प्रभाव महोत्तरी, सप्तरी, सिरहामा, अनिल झाको प्रभाव रौतहट र महेन्द्र राय यादवको प्रभाव सर्लाहीमा मात्रै छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।