काठमाडौं, असोज २९ : उपप्रधानमन्त्री विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेस फर्कने भएका छन्। आइतबार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग विधिवत रुपमा मिसिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुबै पार्टी एक हुने कार्यक्रम आइतबार साँझ राखिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले साँझ साढे पाँच बजे बालुवाटारमा एक कार्यक्रमबीच दुई पार्टी एक हुन लागेको सेतोपाटीलाई जानकारी दिए।
फोरम लोकतान्त्रिकका महामन्त्री योगेन्द्र चौधरीले दुई पार्टी एक हुने तय भएको बताए। प्राविधिक रूपमा पनि आजै पार्टी एकीकरणमा हस्ताक्षर हुन आवश्यक रहेको महामन्त्री चौधरीले जानकारी दिए।
फोरम लोकतान्त्रिकसँग १८ सांसद छन्। देउवा सरकारमा उपप्रधानमन्त्री गच्छदारसहित राज्यमन्त्री समेत गरी लोकतान्त्रिकबाट ६ जना मन्त्री छन्।
२०६४ सालमा पहिलो संविधान सभा चुनाव हुनु केही अघि उनी उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनाधिकार फोरममा प्रवेश गरेका थिए।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको सरकार विघटन भएपछि गच्छदार फोरम फुटाएर मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) को अध्यक्षको हैसियतमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागी भएका थिए।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।