गच्छदारको पार्टीद्वारा निर्वाचन आचार संहिताको उलंघन

जनकपुर, २१ भदौ– उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले निर्वाचन आचार संहिता विपरित चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको छ ।

Gachhadar-party

गच्छदारको पार्टीले निर्वाचन आचार संहिताको व्यापक उल्लंघन गर्दै बुधवार जनकपुरमा पार्टीको चुनाव चिह्नअंकित टिसर्ट लगाएर बालबालिकालाई र्यालीमा उतारेको हो । 

जनकपुर उपमहानगरपालिमा उम्मेदवारी मनोनयनका क्रममा गच्छदारको पार्टीले बालबालिकालाई चुनाव चिन्ह अंकित टिसर्ट लगाएर र्यालीमा सहभागि गराएको थियो । 

दुई हातले नमस्कार गरेको चुनाव चिह्न लगाएका १६ वर्ष भन्दा मुनिका बालबालिका पार्टीको झण्डा लिएर नारा लगाउँदै अग्रपंक्तिमा हिँडेका थिए । 

चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्नु निर्वाचन आचार संहिता विपरितको कार्य हो । यसअघि जनकपुरमा भएको कार्यक्रममा चुनाव चिह्नअंकित टोपी लगाएको भन्दै निर्वाचन आयोगले एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने