खोपको दोस्रो डोज : हेर्नुहोस् कसले कुन मितिमा लगाउन पाउँछन्

 

काठमाडौं,बैशाख १, कारोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका नागरिकले दोस्रो मात्रा २०७८ वैशाख ७ देखि ११ गतेसम्म लगाउन पाउने भएका छन् । नेपालमा भारत सरकारको सहयोगमा २०७७ माघ ८ गते पहिलोपटक १० लाख डोज खोप भित्रिएसँगै माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो मात्रा लगाइएको थियो। खोपको पहिलो मात्रा लगाएको मितिअनुसार दोस्रो मात्राका लागि मिति तोकिएको छ । 

गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकालाई दोस्रो मात्राको खोप लगाउने मिति वैशाख ७ गते तोकिएको छ । त्यसै गरी, माघ १८, १९, २०, २१ र २७ मा पहिलो खोप लगाउनेले वैशाख ८ गते, माघ २२, २३, २४, २८ र फागुन २ गते लगाएकाले वैशाख ९ गते दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् । 

माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाउनेको पालो वैशाख १० मा राखिएको छ । माघ ३० र फागुन ७, ८, ९ र १० मा पहिलो मात्रा खोप लगाएकाहरूले वैशाख ११ गते दोस्रो मात्रा पाउनेछन्। कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । 

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र